जेलबाट हेलिकोप्टर चढेर फरार भए ‘मोस्ट वान्टेड’ कैदी


प्रकाशित मिति : असार १८, २०७५ सोमबार

फ्रान्समा एक मोस्ट वान्टेड अपराधी हलिउड फिल्मको शैलीमा जेलबाट हेलिकोप्टरमा चढेर फरार भएका छन् । ४६ वर्षीय अपराधी रेडोइन फेड पेरिसको दक्षिण पूर्वस्थित रियु जेलमा बन्द थिए ।

आइतवार बिहान उनी जेल तोडेरर निस्किएपछि हतियारले सुसज्जित समूहको सहयोगमा भागेका हुन् । पुलिसले ती कैदी जेल तोडेको बारे कुनै कुरा पत्ता लगाउन सकेको छैन । उनलाई सहयोग गर्नेबारे पनि पुलिसले केही पत्ता लगाउन सकेको छैन ।

रेडोइनलाई सन् २०१० मा चोरी र एक महिला पुलिसकर्मीको हत्याको मामिलामा २५ वर्षको जेल सजाय भएको थियो । रेडोइन फेडले यसअघि पनि जेल तोडिसकेका छन् । अधिकारीका अनुसार रेडोइन ५ वर्ष पहिले पूर्वी फ्रान्समा एक जेलमा बन्दी थिए।

त्यो बेला पनि उनले डाइनामाइट विस्फोट गराएर ६ पुलिसकर्मीलाई बन्धक बनाएका थिए । त्यसपछि उनी फरार भएका थिए । त्यसपछि पुलिसले ६ साता लामो खोजीपछि उनलाई पक्राउ गरेको थियो । पुलिसले उनी चढेर फरार भएको हेलिकोप्टर बरामद गरेको छ। पुलिस अधिकारीका अनुसार उनले प्रयोग गरेको हेलिकोप्टर पेरिसबाटै बरामद भएको हो ।

पुलिसलाई फेडकोबारेमा अहिलेसम्म कुनै सूचना मिलेको छैन । फेड फ्रान्समा चर्चित चोरमा गनिन्छन् । चोरीका किस्सा जान्नका लागि उनलाई कयौँ पटक टेलिभिजन च्यानलले अन्तर्वार्ताका लागि पनि बोलाएका थिए । उनले आफ्नो अपराधमा आधारित किताब पनि लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com