नेपाललाई वार्षिक १६० करोड मिटर कपडा आवश्यक, ९० प्रतिशत विदेशीको भर


प्रकाशित मिति : असार १७, २०७५ आईतबार

नेपालमा तयारी पोशाक बाहेक वार्षिक १ अर्ब ६० करोड बराबरको कपडा आवश्यक पर्ने देखिए पनि ९० प्रतिशत बाहिरी मुलुकबाट आयात हुने गरेको छ।

नेपाललाई वार्षिक ८० करोड मिटर बराबरको लत्ता कपडा आवश्यक पर्छ भने लगाउने कपडा बाहेक सिरक, डसना, पर्दा, लगायत विभिन्न रुपमा प्रयोग गरिने कपडा त्यत्ति नै आवश्यक छ। तर नेपालमा कूल मागको १० प्रतिशत मात्रै उत्पादन हुने गरेकोले यो क्षेत्रमा व्यपार घाटा अत्याधिक देखिएको छ।

नेपाल कपडा उद्योग संघका अनुसार नेपालमा कपडाको उत्पादन आगामी वर्ष अझ घट्ने देखिएको छ। धागो उद्योगमा ६ अर्बरुपैयाँ बराबरको लागनी भए पनि आगामी आर्थिक बर्षको लागि सरकारले ल्याएको बजेटमा कपडा उद्योगलाई निरुत्साहित गरिएकाले उत्पादनमा कमी आउने आँकलन गरिएको संघका अध्यक्ष शैलेन्द्रलाल प्रधान बताउँछन्।

कच्चा पदार्थको तिरेको भ्याट उद्योगीहरुलाई फिर्र्ता दिने नीति अर्थमन्त्री युवराज खतिवडाले हटाएपछि उद्योगीहरु निराश बनेको उनको भनाई छ। आगामी आबको बजेट मार्फत् उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारले बताए पनि सरकारले कपडा उद्योगप्रति अनुकूल ल्याउन नसक्दा उत्पादनमा ह्रास आउन सक्ने आँकलन संघले गरेको प्रधान बताउँछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनधिकृत कपडा आयात उच्च

नेपालको विदेशबाट आयात हुने कपडामध्ये आधा भन्दा बढी भन्सार नतिरी अनधिकृत रुपमा आयत हुने गरेकाले विदेशी कपडासँग नेपाली उद्योग प्रतिस्पर्धा गर्न नसकेको संघले बताएको छ।

संघका उपाध्याक्ष जितेन्द्र लोहिया भन्छन्, ‘नेपालमा अनधिकृत रुपमा आयात हुने कपडा सरकारले नियन्त्रण गर्न चाहेको छैन।’

लोहियाका भनाईमा, अहिले तयारी पोशाकको रुपमा आयात हुने कपडा मध्ये ९० प्रतिशत बढि अनधिकृत रुपमा आएको देखिन्छ। यति हुँदाहुँदैपनि सरकारले त्यसमा कडाइ गर्न नसकेको बताउने उनी यही कारण नेपाली उद्योग धरासायी बन्न पुगेको दावी गर्छन्।

अनधिकृत रुपमा भन्सार छली गरेर कपडा आयात हुँदा वार्षिक १० अर्व रुपैयाँ सरकारलाई घाटा परेको दावीपनि संघले गरेको छ।

ठूला कपडा उद्योग बन्द

विभिन्न समयमा सञ्चालनमा आएका तथा ठूला उद्योगका रुपमा बर्गिकृत भएका हेटौंडा कपडा उद्योग ,अन्नपूर्ण टेक्सटाइल, अशोक टेक्सटाइल, स्टार टेक्सटाइल, गणपति टेक्सटाइल, शाह उद्योग, जगदम्बा टेक्सटाइल अहिले बन्द अवस्थामा छन्। सानो लगानीका करीब १ सय उद्योग समेत अहिले बन्द छन्।

नेपालमा अहिले ठूला कपडा उद्योग नै छैनन्। हाल नेपालमा मझौला र साना उद्योग गरी करिव २ सय कपडा उद्योगमात्र सञ्चालनमा छन्।

सरकारले कपडा उद्योगलाई प्रोत्साहन गर्न कपडा उद्योग विभाग गठन गर्न आवश्यक भएको संघले बताएको छ। भारतमा टेक्सटायल मन्त्रालय रहेकोले नेपालमा एउटा विभाग भने पनि गठन गर्न आवशयक रहेको संघले बताएको हो।

नेपालमा अहिले करिव ३५ हजार नेपाली यो क्षेत्रमा प्रत्यक्ष रोजगारीमा छन्। नेपाल यो क्षेत्रमा आत्मनिर्भर हुनसक्ने संभावना भएकाले यसमा सरकारले चासो दिनु पर्ने मागपनि संघको छ।

आज संघद्वारा आयोजित पत्रकार सम्मेलनमा संघका पदाधिकारीहरुले कपडा उद्योगको प्रवर्धनका लागि अर्थ मन्त्रालय, उद्योग मन्त्रालयले चासो दिनु पर्ने माग गरिएको थियो।

‘कपडा भनेको मानव जीवनमा अत्याधिक प्रयोग हुने वस्तु हो, यसको आयातले देशलाई ठूलो घाटा परिरहेको छ’ संघले भनेको छ, ‘सतर्फ सरकारले ध्यान दिन सकेको छैन।’

छिमेकी चीनमा साढे ४ करोड जनसंख्या कपडा उद्योगमा आवद्ध रहेको र यो चीनको कूल जनसंख्याको तीन प्रतिशत रहेको बताउँदै संघले भनेको छ, नेपालले साँच्चिकै व्यापारघाटा कम गराउने हो भने कपडा उद्योग विभागको स्थापना र छुट्टै योजना बनाइनु जरुरी छ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com