३ दिनपछि जंगलमा दुवै हात पछाडि बाधिएको अवस्थामा विकको शव भेटियो


प्रकाशित मिति : असार १७, २०७५ आईतबार

कैलाली— कैलालीको गौरीगंगा नगरपालिका ११ कटानकी १९ वर्षीया माया विकको बलात्कारपछि हत्या गरी जंगलमा फालिएको अवस्थामा फेलापरेको छ । विकको शव ३ दिनपछि अर्थात असार १५ गते भेटिएको थियो । विकले १२ गतेदेखि हराएकी मायाको शव शुक्रबार साँझ वडा नं ११ कै चपथली सामुदायिक वनको जंगलमा दुवै हात पछाडी बांधेको अवस्थामा भेटिएको मृतकका काकाले बताए । अर्धनग्न अवस्थामा भेटिएकी मायाको बलात्कार पछि हत्या गरिएको आशंका गरिएको छ । बलात्कारमा संलग्न भएको आशंकामा प्रहरीले सोधपुछका लागि गौरीगंगाका उमेश चौधरी र गणेश वडवाललाई नियन्त्रणमा लिएको छ । असार ५ गतेबाट गौरीगंगा नगरपालिकामा करारमा जागिर लागेकी माया १२ गतेदेखि वेपत्ता भएकी थिइन् ।

गौरीगंगा नगरपालिकाका प्रमुख भीमबहादर देउवाका अनुसार असार ५ गतेबाट तथ्यांक संकलन गर्ने गरी करारमा माया विकलाई नियुक्त गरिएको थियो । ११ वडा रहेको हुँदा एउटा वडाबाट ३ जनाको दरले तथ्यांक संकलन गर्ने ३३ जनाको टिममा माया विक पनि थिइन् । उनी काम गरेको ६ दिनपछि नगरपालिकाको कामबाट बेपत्ता भएको नगरपालिकाले घटना घटेको तीन दिनपछि मात्रै जानकारी पाएको थियो । आफुहरुले पनि परिवारको सहयोगमा घटना भएको स्थानमा पुग्दा माया विक नै भएको पुष्टि भएको नगरपालिकाका प्रमुख भीमबहादर देउवाले बताए । ‘माया विकको बलात्कारपछि हत्या भएको हामीले ठहर गरेको छौं’यस विषयमा गृहमन्त्री देखि आईजीपीसम्मलाई खबर भएको छ ,उनले बताए , ‘पीडितलाई न्याय दिने ढंगबाट अनुसन्धान भइरहेको छ । ’
माया विकको बलात्कारपछि हत्या भएको आंशकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । ‘हामीले पनि घटनाको दोषीलाई कडा भन्दा कडा कारबाही गराउन माग गर्दै नगरपालिकाबाट प्रेस विज्ञप्ति जारी गरेका छौं,’ प्रमुख देउवाले बताए ।

आफुहरुलाई घटनाको जानकारी आउना साथ घटना भएको वडा नं ११ कै चपथली सामुदायिक वनको जंगलमा गएर माया विकको शव हेरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरिबहादुर ओलीले बताए ।उनको अनुसार यो घटना निकै शंकास्पद छ ,मृतकको शवलाई पोष्टमार्टम गदैछौं, हामीलाई नै यो घटनामा शंका लागेको हुँदा मेरो नेतृत्वमै छानविन समिति बनाएका छौं । हामी घटनाको सत्यतथ्य बाहिर ल्याउँछौ , दोर्षीहरु यो घटनामा उम्किन पाउँदैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com