रणवीर कपूरको करियरको टर्निङ प्वाइन्ट बन्यो ‘सञ्जु’


प्रकाशित मिति : असार १७, २०७५ आईतबार

अभिनेता रणवीर कपूरको करियरका लागि सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सञ्जु’ ‘टर्निङ पोइन्ट’ बनेको छ । रणवीरले सन् २००७ मा फिल्म ‘सावरिया’ बाट बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि ‘बचना ए हसिनो, अजब प्रेमकी गजब कहानी, रकेट सिंह, अन्जाना अन्जानी, रकस्टार, बर्फी, ये जवानी हे दिवानी, तमाशा, बेशर्म, ऐ दिल हे मुस्कील, जग्गा जासूससहित १८ वटा फिल्ममा मूख्य अभिनेताको रुपमा अभिनय गरिसकेका छन् । तर यी १८ फिल्मे मध्य उनका ३ वटा फिल्मले मात्रै १०० करोड कमाउन सफल भएका छन् ।

उनका फिल्महरु मध्ये फिल्म ‘ए दिल हे मुस्कील’, ‘बर्फी’ र ‘ये जवानी हे दिवानी’ले सय करोडको व्यापार गर्न सफल भएका थिए । रणवीरको १२ वर्षको बलिउड करियरमा यस किसिमको सफलता मिलेको थिएन जून सफलता उनले १९ औं फिल्म ‘सञ्जु’ बाट पाइरहेका छन् ।

प्रदर्शनको पहिलो दिनबाटै ‘सञ्जु’ ले दर्शकलाई सिनेमाहल सम्म तान्न सफल भएको छ । जून २९ मा प्रदर्शन भएको यस फिल्मले प्रदर्शनको पहिलो दिनमै सर्वाधिक कमाई गर्दै २०१८ को पहिलो दिनमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । ‘सञ्जु’ ले पहिलो दिनमा ३४.७५ करोड कमाई गर्दै यस अघि सलमान खानको फिल्म ‘रेस ३’ ले बनाएको रेकर्ड तोडिदिएको छ ।

पहिलो दिन जस्तै गरी फिल्मले दोस्रो दिन पनि ‘रेस ३’ रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको छ । ‘सञ्जु’ ले दोस्रो दिन ३८.६० करोडको व्यापार गर्दै ‘रेस ३’ दोस्रो दिन बनाएको रेकर्डलाई समेत तोडिदिएको छ । दोस्रो दिन सम्म ‘सञ्जुले ७३.३५ करोडको व्यापार गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रणवीरले अझै पनि सलमान खानको फिल्म ‘रेस ३’ को अर्को रेकर्ड तोड्न बाँकी छ । ‘रेस ३’ २०१८ को यस्तो फिल्म हो जसले प्रदर्शको तेस्रो दिनमै १०० करोडको व्यापार गर्दै बलिउडको सबैभन्दा छिटो सय करोड कमाउने फिल्म बनेको छ । सलमानको फिल्मले बनाएको यस यस रेकर्डलाई समेत रणवीरको ‘सञ्जु’ ले सजिलै तोड्दै किर्तिमान पनि आफ्नो नाममा सजिलै बनाउन सक्ने अनुमान फि

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com