क्रोएसियाविरुद्ध डेनमार्कः पूर्वी युरोपमै कप राख्ने अवसर


प्रकाशित मिति : असार १७, २०७५ आईतबार

पूर्वी युरोपियन राष्ट्रमध्ये कुनै एकले विश्वकपको उपाधि उचाल्यो भने त्यसको रौनकता कस्तो होला ?

विश्वकपको ८८ वर्षे इतिहासमा ५ युरोपेली राष्ट्रले विश्वकपको उपाधि जित्न सफल भएका छन् । सबैले पश्चिम युरोपको प्रतिनिधित्व गर्छन् । क्रोएसियासामु रूस विश्वकपको उपाधि जितेर पहिलो पूर्वी युरोपेली राष्ट्र बन्न अवसर आएको छ।

समूह चरणका तीनवटै खेलमा शतप्रतिशत नतिजा निकाल्दै क्रोएसियाले आफूलाई प्रतियोगितको बलियो दाबेदारका रूपमा उभ्याएको छ । ‘गु्रप अफ डेथ’ मानिएको समूह ‘डी’ मा विजेता बनेको क्रोएसियाले पहिलो खेलमा नाइजेरियालाई २–० तथा दोस्रो खेलमा अर्जेन्टिनालाई ३–० हराएको थियो । तेस्रो खेलमा पहिलो रोजाइका ९ खेलाडीलाई आराम दिए पनि क्रोएसियाले आइसल्यान्डमाथि २–१ को सहज जित हात पारेको थियो।

समूहविजेता बनेसँगै क्रोएसियाले नकआउट चरणमा पोर्चुगल, ब्राजिल, फ्रान्स अर्जेन्टिना र बेल्जियमसँगको सम्भावित भेट टारेको थियो । क्रोएसियाले देखाएको लय कायमै राखे जुलाई १५ मा मस्कोमा हुने फाइनलको सम्भावित दाबेदार हो । ‘जे हुनु थियो भयो,’ आइतबार हुने अन्तिम १६ को खेलमा डेनमार्कलाई कमजोर नठानेको भन्दै क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले भने, ‘समूहचरणमा ल्याएको नतिजाले डेनमार्कविरुद्धको खेलमा अर्थ राख्दैन । यो खेलमा हाम्रो वास्तविक परीक्षण हुनेछ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्रोएसियाले यो विश्वकप जित्छ त ? भन्ने प्रश्नमा डालिचले तत्कालै प्रतिक्रिया जनाएका थिए । डालिचले ‘हो वा होइन’ भन्दा पनि क्रोएसियाले यसअघि निकालेको नतिजामा जबाफ भेट्टाउन सकिने भन्दै घुमाउरो शैलीमा आफ्नो टोली विश्वकप जित्न सक्षम रहेको स्वीकार गरे।

‘क्रोएसियाले धेरैलाई आश्चर्यमा पार्न सक्छ,’ डेनमार्कका प्रशिक्षक एज हारैइडेले भने, ‘समूह चरणमा ल्याएको प्रदर्शनबाट क्रोएसिया बलियो टोली भएको प्रमाणित हुन्छ।’

कप्तान लुका मोडरिच, इभान राकेटिच, डेयान लोभरेन र मारियो मान्जुकिच क्रोएसियाका मुख्य खेलाडी हुन् । क्रोएसियाले समूह चरणमा ७ गोल गरेको थियो । आइसल्यान्डले ७६ आैं मिनेटमा पेनाल्टीमा गरेको गोल नै क्रोएसियाले प्रतियोगितामा खाएको १ मात्र गोल हो । ‘जब मोडरिचले राम्रो प्रदर्शन गर्छन्, उनले अन्य खेलाडीलाई पनि उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्छन्,’ क्रोएसियाका प्रशिक्षक डालिच भने, ‘मोडरिच मैदानमा हुँदा अन्य खेलाडीको मनोबलसमेत बढ्छ।’

पहिलो चरणको अन्तिम खेलमा फ्रान्ससँग गोलरहित बराबरीमा रोकिए पनि समूह ‘सी’ कै अर्को खेलमा पेरूले अस्ट्रेलियालाई २–० ले हराइदिएपछि डेनमार्कले उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएको थियो।
२०१६ को अक्टोबरपछि १८ खेलसम्म अपराजित यात्रालाई निरन्तरता दिएको डेनमार्कले आइतबार रक्षात्मक खेल्दै काउन्टर अट्याकको रणनीति अपनाउने अनुमान गरिएको छ । ‘हामीले क्रोएसियाविरुद्ध सम्हालिएको प्रदर्शन गर्न आवश्यक छ,’ डेनमार्कका प्रशिक्षक हारैइडेले भने।

क्रोएसियाका ३२ वर्षे मोडरिच, ३० वर्षे राकेटिच, र ३२ वर्षे मान्जुकिचका लागि विश्वकपको उपाधि जित्नु यौ नै अन्तिम अवसर बन्न सक्छ । १९९८ को फ्रान्स विश्वकपमा विश्वकपमा पहिलो पटक छनोट भएको क्रोएसियाले सेमिफाइनलसम्मको यात्रा गर्दै पहिलो सहभागितालाई यादगार बनाएको थियो । क्रोएसियाले पछिल्लो २० वर्षमा नकआउट चरण पुगेको यो पहिलो पटक हो।

‘हामीलाई १९९८ को टोली बलियो थियो भन्ने थाहा छ,’ क्रोएसियाका राकेटिचले भने, ‘हामी त्यो प्रदर्शनलाई सम्झनुभन्दा आफ्नो उत्कृष्ट लयमा केन्द्रित हुन आवश्यक छ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com