भीषण वर्षापछि बाढीले डुबानमा कश्मीर


प्रकाशित मिति : असार १७, २०७५ आईतबार

भारत प्रशासित कश्मीर भीषण वर्षापछि बाढीले डुबानमा परेको छ । यहाँका नदी र खोलामा पानीको स्तर खतराको तहभन्दा माथि रहेको छ ।
उद्धारका लागि राज्यका सम्पूर्ण यन्त्र तयारी अवस्थामा राखिएको जम्मु एवं कश्मीरका राज्यपाल एन.एन. बोहराले जानकारी दिएका छन् । विभिन्न ठाउँमा संकटकाल घोषणा गरिएको छ ।

संगम, राम मुन्शीबाग र आशम क्षेत्रमा जलस्तर निकै खतरनाक भएको बताइएको छ । झेलम नदी र उसका सहायक नदीमा निकै शक्तिशाली बाढी आएपछि राज्यपालले त्यहाँका अधिकारीलाई सतर्क अवस्थामा रहन निर्देशन दिएका छन् ।

राज्यभर शनिवार सम्पूर्ण शैक्षिक संस्था बन्द्य गरिएका थिए । श्रीनगर, अनन्तनाग, पुलवामा, कुलगामक्षेत्रका बान्दिालाई अन्यत्र सारिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com