दुई फुटबल स्टार मेस्सी र रोनाल्डोको परीक्षा आज, कि जीत कि घर फर्क


प्रकाशित मिति : असार १६, २०७५ शनिबार

विश्वकप फुटबलमा आजदेखि नकआउट राउण्ड सुरु भएको छ । नकआउट राउण्डको पहिलो दिनमा नै दुईजना चर्चित फुटबल स्टार लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको परीक्षाको घडी रहेको छ ।

न्युयोर्क समय अनुशार अहिले १० बजे फ्रान्स र अर्जेन्टिनाको खेल सुरु भएको छ । जसलाई अर्जेन्टिना र मेस्सीको सबैभन्दा ठूलो परीक्षाको घडी मानिएको छ । यो खेलमा जसले हार्छ, उसले घर फर्कनु पर्नेछ ।

त्यस्तै न्युयोर्क समय अनुशार दिउसो २ बजे सुरु हुने खेल पोर्चुगल र उरुग्वेबीच हुँदैछ । जसलाई पोर्चुगल र फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको परीक्षाको घडी मानिएको छ । यो खेलमा पनि जसले हार्छ, उसले घर फर्कनु पर्नेछ ।

समूह चरणअन्तर्गत क्रोएसियाविरुद्धको खेलमा ३–० ले पराजित हुँदा अर्जेन्टिनी टोलीमा खेलाडीको ढल्कँदो उमेर र असन्तुलन प्रष्ट देखिएको थियो। तर डिएगो म्याराडोनाबाट निर्देशित मेसीले अन्तत प्रतियोगितामा गोलको खाता खोलेको खेलमा मार्कोस रोहोले सनसनीपूर्ण भलीमा गोल गरेपछि २०१४ को उपविजेता टोली नाइजेरियालाई हराउँदै नकआउट चरणको टिकट काट्न सफल भयो ।

डिडियर डेशच्याम्पसको फ्रान्स पनि प्रतियोगिता सुरु हुनुपूर्व उपाधिको कागजी दाबेदार थियो । अपराजित रहँदै समूह चरण पार गरे पनि फ्रान्सको प्रदर्शनमा भने सन्तुष्ट हुने ठाउँ अत्यन्तै कम थियो । पहिलो रोजाईका स्ट्राइकर एन्टोनी ग्रिजम्यान उच्च फर्म समाउन असफल हुँदा फ्रान्सको मिडफिल्ड पनि रचनात्मक तरिकाले खेल बनाउने पक्षमा सफल भएन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com