ट्रम्प–किम वार्तापछि पनि जारी छ उत्तर कोरियामा आणविक केन्द्रमा सुधार


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

नयाँ भू–उपग्रहीय तस्विरहरुले उत्तर कोरियाले तीब्र रुपमा आफ्नो आणविक केन्द्रको पूर्वाधारमा सुधार गरिरहेको देखाएको छ । हतियार स्तरको आणविक सामाग्री उत्पादन गर्ने योङ्गवियान आणविक वैज्ञानिक अनुसन्धान केन्द्रको भू–उपग्रहिय तस्वीरबाट यो पत्ता हो ।

यो कुरा उत्तर कोरियालाई निगरानी गर्ने समूह ३८ नर्थले प्रकाशित गरेको विश्लेषणमा रहेको छ ।

जुन २१ मा खिचिएका तस्वीहरुमा उक्त केन्द्रको प्लुटोनियम निर्माण गर्ने रियाक्टरमा सुधार र विभिन्न सहायक पूवार्धारहरुको निर्माण गरेको देखिन्छ । यो सुधार धेरै पहिले देखिकै योजना अन्तर्गत भइरहेको हो ।

अर्थात यो सुधारको कार्य उत्तर कोरियाली नेता किम जोङ्ग उन र अमेरिकी राष्ट्रपतिबीच यो महिनाको शुरुवाततिर भएको भेटवार्ता हुनु अघिदेखि नै जारी थियो ।

रिपोर्टमा “योङ्गबियोन केन्द्रमा जारी कार्यलाई उत्तर कोरियाको आणविक निशस्त्रीकरणको प्रतिबद्धतासँग जोडेर हेर्न नहुने” उल्लेख गरिएको छ ।

तर, यी तस्वीरहरुले प्योङ्गयाङ्ग ट्रम्पको भेटवार्तापछि पनि आफ्नो पुरानो काममा यथावत रहेको देखाउँछ ।

यी तस्वीरहरु ट्रम्पले उत्तर कोरियाको शासक अब आणविक रुपमा अमेरिकाको लागि खतरापूर्ण नभएको भनाई आएको केही दिनमा आएको हो ।

बुधबार सेक्रेटरी अफ स्टेट माइक पोम्पियोले उत्तर कोरिया अझै पनि अमेरिकाको लागि आणविक रुपमा खतरनाक रहेको बताए पनि ट्रम्पको अभिव्यक्तिको भने बचाउ गरे ।

“उनले हामीले त्यो खतराको मात्रा घटाएको भन्न खोजेको भन्नेमा म पक्का छ,” पोम्पियोले भने, “त्यो कुरामा कुनै शंका छ भन्ने मलाई लाग्दैन । हामीले तनावको स्तर निक्कै घटाएका छौँ ।”

ट्रम्पले किमसँगको भेटवार्ताको प्रकृतिबारेमा पटक–पटक बढाइचढाई गरेर बोलिरहेका छन् । अघिल्लो हप्ता उनले उत्तर कोरियाली नेताले तत्काल ‘पूर्ण आणविक निशस्त्रीकरण’ शुरु गर्ने बताएको भने ।

यथार्थमा भने किमले जुन १२ मा सिङ्गापुरमा भएको भेटवार्तामा हस्ताक्षर गरेका कागजातमा भने आफूले पहिले देखि गरेको बाचा ः “कोरियाली प्रारद्विपको सम्पूर्ण आणविक निशस्त्रीकरण तर्फ अघि बढ्ने ” प्रतिबद्धता मात्र दोहो¥हाएका छन् ।

“भेटवार्तामा भएको प्रतिबद्धता महत्वपूर्ण छ तर दुई नेताबीच भएको सम्झौता उत्तर कोरियाले यो यो काम गर्नुपर्छ भन्ने कुरा लेखिएको दस्ताबेज होईन । त्यसैले उनीहरुले उक्त केन्द्रको सञ्चालन गरेकोमा म कुनै पनि हिसाबमा अचम्मित छैन,” ३८ नर्थका निर्देशक जोइल विटले भने ।

फेडेरेसन अफ अमेरिकन साइन्टिस्टका वरिष्ठ सदस्य एडम माउन्टले यी तस्वीहरुले दुबै पक्ष आणविक कार्यक्रमबारे के गर्ने भन्नेमा स्पष्ट सहमतिमा नआएसम्म उत्तर कोरिया आफ्नो आणविक कार्यक्रमलाई जारी राख्नेछ भन्ने देखाएको बताए ।

उत्तर कोरियाले अन्य आणविक सुविधाहरु पनि संचालन गरिरहेको निगरानी समूहको विश्वास छ । हुनत नियमन समूहले यी स्थानहरु पहिचान गर्न सकेको छैन तर त्यहाँ ठूलो मात्रामा उत्तर कोरियाले आणविक सामाग्री र मिसाइल निर्माण कार्य जारी राखेको वीटको आंकलन छ ।

एम.आई.टी.मा राजनैतिक शास्त्रका सहायक प्रद्यापक रहेका विपिन नरागले किमले चतुराईंपूर्वक आफ्नो आणविक परिक्षण रोक्न सहमती जनाएको तर आणविक हतियार निर्माण बारेमा यस्तो प्रतिबद्धता गर्न पन्छिएको बताए ।

“सायद उनीहरुको वर्षौँको खोजले प्राप्त ज्ञानका कारणले उनीहरु परिक्षण नगरी आणविक मिसाइलहरुमा सुधार गर्न सक्छन् । उनीहरुले मिसाइलको डिजाइन र पार्टपुर्जामा सुधार गरेरै त्यसमा सुधार ल्याउन सक्छन् । बरु तिनको सुधारको लागि उनीहरुले पहिचान गर्न नसकिने ‘सबक्रिटिकल’ र ‘हाईड्रोडाइनामिक’ परिक्षण गर्न सक्छन् ।” विपिनले भने ।

तर यी तस्वीरहरुको ३८ नर्थले गरेको विश्लेषणले अमेरिका र उत्तर कोरियाबीचको वार्ता पछिको वर्तमान परिदृश्य प्रदान गर्छ ।

“हालको आवश्यकता भनेको आणविक निशस्त्रीकरणका चरणबद्ध कदमको एक फ्रेमवर्कबारे दुई पक्षबीच दिगो र प्रत्यक्ष छलफल हो,” आर्म कन्ट्रोल एसोसियसनमा निशस्त्रिकरण र खतरा न्युनिकरण नीतिका निर्देशक किङ्स्टन रेइफले भने, “तर अहिलेसम्म त्यस्तो फ्रेमवोर्क बनेकै छैन । अर्को शब्दमा भन्दा कुनै ‘सहमति’ भएकै छैन ।” उनले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com