२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
२४ घण्टाका टप स्टोरीहरु

कोरियन भाषाको नतिजा सार्वजनिक, कोटाभन्दा ९ सय बढी पास

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

इपिएस कोरिया शाखाले सार्वजनिक गरेको नतिजामा ७ हजार ९ सय ९६ जना पास भएका छन् । सन् २०१९ का लागि कोरिया शाखाले जेठ २६ र २७ गते परीक्षा लिएको थियो ।

परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए । कोरियाले यो वर्षका लागि ७ हजार १ सय नेपाली कामदार लाने गरी कोटा निर्धारण गरेको छ । तर त्यो भन्दा ८ सय ८६ जना बढी पास भएका छन् ।