यस्ता छन् डोनाल्ड ट्रम्पका योजना


प्रकाशित मिति : कार्तिक २४, २०७३ बुधबार

शक्तिशाली व्यापारी डोनल्ड ट्रम्पले आफू अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएमा आफूले अध्यागमनबारे गर्ने विभिन्न योजनाहरु अगाडि सारेका थिए । अध्यागमनको सन्दर्भमा कडा रुपमा प्रस्तुत भएका ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकामा रहेका झण्डै ११ मिलियन कागजपत्रविहिन आप्रवासीहरुलाई देशनिकाला गर्ने एजेण्डा अगाडि सारेका थिए ।

सीमा क्षेत्रमा कडाई गर्ने र अमेरिकामा कानुनी रुपमा मात्र मान्छेहरुलाई प्रवेश दिने डोनाल्ड ट्रम्पको एजेण्डाप्रति धेरैजसो पुरातनपन्थी अमेरिकीहरुको सुरु देखि नै आकर्षण देखिएको थियो ।

अध्यागमनबारे डोनाल्ड ट्रम्प

– मान्छेहरु गैरकानुनी रुपमा सीमा पार गरेर अमेरिकामा खनिइरहेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्नेहरु ठूलोसंख्यामा अपराधमा संलग्न छन् । यो रोकिनैपर्छ । अहिले नै रोकिनुपर्छ ।

– हामीले बाहिरबाट अमेरिकामा मान्छेहरु नल्याउने भनेको होइन, ल्याउँछौं । तर हामीले कानुनी रुपमा अमेरिकामा मान्छेहरु ल्याउनेछौं ।

– राष्ट्रपतिका रुपमा म सिमाको मामलामा अत्यन्तै कठोर हुनेछु । मैले पूर्ण कागजपत्रबिना अमेरिकामा मान्छेहरुलाई छिर्न अनुमति दिनेछैन ।

-मैले एचवानबी भिसालाई सस्तो श्रम कार्यक्रमको रुपमा प्रयोग गर्ने कामलाई सधैका लागि बन्द गर्नेछु । हरेक भिसा र इमिग्रेशन कार्यक्रमका लागि अमेरिकी कामदारलाई नियुक्त गर्ने पूर्ण आवश्यकतालाई संस्थागत गर्नेछु ।

-हामी हाम्रो देशमा बाहिरबाट मान्छेहरु आएको चाहन्छौं । तर तिनुहरु कानुनीरुपमा नै आउनुपर्छ ।

– मेक्सिकन नेताहरुले धेरैबर्षदेखि अमेरिकामा गैरकानुनीरुपमा छिर्ने कामदारमार्फत उनीहरुको देशबाट अमेरिकामा अपराध र गरिबी पठाउने कामको फाइदा लिइरहेका छन् ।

– सिमा बिनाको देश त देश नै होइन । गैरकानुनी रुपमा मान्छेहरु अमेरिका छिर्ने क्रम रोकिनैपर्छ । अमेरिकामा कम्तीमा पनि ११ मिलियन मान्छेहरु गैरकानुनी रुपमा आएका छन् । तिनीहरु सबै बाहिर जानेछन् । उनीहरुमध्ये केही फर्केर अमेरिकामा पनि आउनेछन् तर उपयुक्त प्रकृयामार्फत ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com