नेपाल – भारत प्रबुद्ध विज्ञ समुहको बैठक काठमाडाैंमा सुरू


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) काे बैठक काठमाडाैंमा सुरू भएकाे छ।

ईपीजीको नवौं संयुक्त बैठकमा नेपालको तर्फबाट डाक्टर भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डाक्टर राजन भट्टराई तथा भारतबाट भगतसिंह कोस्यारी, महेन्द्र पी लामा, जयन्तप्रसाद र डाक्टर बिसी उप्रेती सहभागी छन् ।

सन् १९५० को सन्धिका विषयमा रहेका असमझदारी हटाउनका लागि याे बैठक महत्वपूर्ण मानिएकाे छ। ईपीजीको पहिलो बैठक ०७३ असार २० र २१ गते काठमाडौंमा बसेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com