सोलुखुम्बुमा जिप दुर्घटना, ६ जनाको मृत्यु, सबैको सनाखत


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

शुक्रबार बिहान सोलुखुम्बुमा भएको जिप दुर्घटनामा ६ जनाको ज्यान गएको छ।

जिल्लाको नेचा सल्यानबाट पत्ताले हाटबजारतर्फ आउँदै गरेको को १ ज १८६० नम्बरको जिप बिहान पौने ८ बजेतिर दुधकुण्ड नगरपालिका–११, तिङ्लामा दुर्घटना भएको हो।

दुर्घटनामा सोलुखुम्बु नेचासल्यान–२, की ३५ वर्षीया उर्मिला बास्तोला र २५ वर्षीया शुसीला खड्का तथा उदयपुर सिरिसेका २१ वर्षीय कुशाङ तामाङ, सिरहा संहिठाका ३६ वर्षीय शिवकुमार यादव, खोटाङ खाल्टेकी २४ वर्षीया कोपिला बस्नेत कार्की र ओखलढुंगा मांखाका ४० वर्षीय श्याम कुमार राईकाे मृत्यु भएको हो।

दुर्घटनामा भिमबहादुर खड्काकी छोरी अन्दाजी ७ वर्षीया बालिका सुषमा खड्काको अवस्था गम्भीर छ । उनको फाप्लु अस्पतालमा उपचार भइरहेको छ । खड्कालाई काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com