प्रधानमन्त्री ओली आफ्नैसँग असन्तुष्ट


प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार

संसदीय दलको नेताको हैसियतले आफूलाई जानकारी नै नदिई आफ्नै दलका सांसदको प्रस्तावमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि पोखेका छन् ।

नेकपाका सांसद् खगराज अधिकारीले २०७५–७६ का योजना सम्पन्न गर्नुपर्ने भन्दै दर्ता गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि बिहीबार प्रतिनिधिसभामा छलफल गराएकोमा आश्चर्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका हुन् ।

मन्त्रालयगत बजेटमाथि मन्त्रीहरुले जवाफ दिने क्रम चलिरहेका बेला बिहीबार एकाएक सांसद् अधिकारी प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गराइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com