दोस्रो चरणमा बेल्जियमले जापानसँग र ईङल्याण्ड कोलम्बिया सँग भिड्ने, कस्ले मार्ला बाजी !


प्रकाशित मिति : असार १४, २०७५ बिहीबार

जारि विश्वकप फुटबल प्रतियोगिताको अन्तिम समुह चरण खेल पछि बेल्जियम समुहमा पहिलो भएको छ भने ईङल्याण्ड दोस्रो हुँदै दोस्रो चरण प्रवेश गरेको छ।

बेल्जियमले प्रि-क्वार्टरफाईनलमा जापानको सामना गर्ने छ भने ईङल्याण्ड र कोलम्बिया भिड्ने छन्।बेल्जियम र ईङल्याण्ड बिचको खेलमा बेल्जिय १-० गोलले बिजयी भएको हो।खेलको ५१औं मिनेटमा बेल्जियमका अदनान जानुजाजले गोल गररेका थिए।

उक्त गोल नै खेलको निर्णायक गोल रहेको थियो। उक्त जितसँगै बेल्जियमले समुह चरणमा सतप्रतिशत बिजय हासिल गर्दै ९ अंक हासिल गरेको छ। विश्वकपको सुरुवातमा अति नै प्रतिस्पर्धात्मक खेल भनेर आँकलन गरिएको खेलमा दुवै टोलीले आफ्नो प्रमुख ११ खेलाएका थिएनन्।

दुवै टोली अन्तिम खेल अघि नै दोस्रो चरण प्रवेश गरेको हुनाले आफ्नो पुर्ण वा प्रमुख टोली खेलाएका थिएनन्। त्यसैगरि समुहको अर्को खेलमा ट्युनिसियाले पनामालाई २(१ गोलले पराजित गरेको छ।

दुवै टोली यो खेल अघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए। ट्युनिसियाकालगि फकरिद्दिन बेन युशुफले ५१औं र वाहाबी खाजरीले ६६औं मिनेटमा गोल गरेका थिए।

पानामाको पोष्टमा ट्युनिसियाका याशीन मेरिहाले ३३औं मिनेटमा आत्मघाती गोल गरेका थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com