अमेरिकी रक्षामन्त्री एसिया भ्रमणमा


प्रकाशित मिति : असार १४, २०७५ बिहीबार

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस चीन, दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा बिहीबार सोल पुग्नुभएको छ ।

उहाँ बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आजै राति अबेरतिर उहाँ जापानको राजधानी टोकियोका लागि उड्नुहुने समाचरमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार उहाँले दक्षिण कोरियामा रहँदा आफ्ना समकक्षीका साथै दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग पनि भेटवार्ता गर्नुहुने छ ।

संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको भेटवार्तापछि उहाँ पहिलो पटक यी दुई देशको भ्रमणका लागि नस्किनुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण कोरिया र जापान अमेरिकाका एसियाली साझेदार हुन् । यी दुई देशले अमेरिकासँग निकै नजिकको सम्बन्ध राखेर काम गर्ने गरेका छन् ।

उता दक्षिण कोरिया र जापान उत्तर कोरियाका पनि छिमेकी हुन् । यी देश उत्तर कोरियाले आणविक परीक्षण गर्दा बढी र प्रत्यक्ष प्रभावित हुने देशमा पर्दछन् ।

उहाँ यसअघि चीनको भ्रमणमा जानुभएको थियो । चीनको दुई दिने भ्रमण सकेर बिहीबारै रक्षामन्त्री म्याटिस दक्षिण कोरियाको राजधानी सोल अवतरण गर्नुभएको हो ।

उहाँ चीनमा रहँदा उत्तर कोरियाली नेता किमको निकै प्रसंशा गर्नुभएको थियो । उहाँले उत्तर कोरियाली नेता किम जोङ उनलाई एक प्रतिभाशाली व्यक्ति भन्नुभएको थियो ।

रक्षामन्त्री म्याटिसले कोरिया र जापानका उच्च अधिकारीहरुसँग सिङ्गापुर वार्ता, त्यसपछिको कोरियाको प्रायद्वीपको अवस्थाका बारेमा छलफल गर्नुहुने छ ।

त्यसैगरी उहाँले उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणको लागि गरेका प्रयासहरुको बारेमा जानकारी गराउँदै उत्तर कोरियालाई निशस्त्रीकरणका लागि तयार गर्नुअघि उसले के गर्छ भन्ने बारेमा चनाखो रहन पनि छिमेकीहरुलाई आग्रह गर्नुहुने बुझिएको छ ।

तर भ्रमणका एजेण्डाहरु के हुन् भन्ने बारेमा भने अमेरिका, चीन, दक्षिण कोरिया तथा जापानको तर्फबाट पनि औपचारिक रुपमा भने केही सार्वजनिक भएको छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com