प्रधानमन्त्री ओलीले छुट्याए सांसद र कार्यकर्ता भेट्ने समय


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित सांसद र कार्यकर्ता भेटघाटका लागि समय निर्धारण गरेका छन् ।

उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित नेकपाका सांसदलाई हरेक हप्ता र कार्यकर्ताहरुलाई हरेक १५ दिनमा भेट्ने गरी समय छुट्याएका छन् ।

सांसदहरुले हरेक शुक्रबार अपरान्ह ३ देखि ५ बजेसम्म सिंहदरबारमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीसँग भेट्न सक्ने उनको सचिवालयले जानकारी दिएकोछ छ ।

‘नियमित रुपमा शुक्रबार अपरान्ह ३ देखि ५ बजेसम्म उहाँसँग सिंहदरबारमा प्रदेशगत रुपमा सांसदहरुको भेटघाट हुने व्यवस्था मिलाइएको छ’ प्रेस सल्लाहकार डा. कुन्दन अर्यालद्वारा जारी प्रेस नोटमा भनिएको छ ‘प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता ओलीसँग साप्ताहिक रुपमा क्रमश सातवटै प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुको भेटघाट हुने नियमित कार्यक्रम तय गरिएको छ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले हरेक महिनाको १ र १५ गते नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासँग पनि भेट गर्नेभएका छन् । उनले हरेक महिनाको पहिलो दिन विहान ११ देखि दिउँसो १ बजेसम्म धुम्बाराहीस्थित कार्यालयमा र १५ गते पेरिसडाँडास्थिति कार्यालयमा कार्यकर्ता भेट्ने प्रेस नोटमा जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com