संसदमा उठ्यो लगानी बोर्ड खारेजको माग


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

k|wfgdGqL cf]nL ;+;bdf k|ltlglw;efsf] gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejgdf d+unaf/ a;]sf] a}7sdf k|wfgdGqL s]kL zdf{ cf]nL ljlgof]hg ljw]osdflysf] 5nkmndf ;fj{hlgs dxTjsf ljifodf af]Ng’x’Fbf pkl:yt ;f+;b . tl:a/ M /f]zg ;fksf]6f, /f;;

-प्रधानमन्त्रीको नेतृत्वमा रहेको लगानी बोर्ड खारेज गर्न संसदमा माग उठेको छ ।

नेपाल मजदुर किसान पार्टीले लगानी बोर्ड नेपाल खारेज गर्न सरकारसँग माग गरेको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत रहेको लगानी बोर्ड नेपाल खारेज माग गरे ।

विदेशीलाई श्रम र मुनाफा दिने नियतका साथ काम गरिरहेको लगानी बोर्ड नेपालका लागि उपयुक्त नदेखिएकाले तत्काल खारेज गर्न माग गर्नु परेको सांसद सुवालको तर्क छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार प्रतिनिधिसभामा विनियोजन बजेट अन्तरगत विभिन्न शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले लगानी बोर्डले स्वदेशी लगानीलाई भन्दा विदेशी लगानीलाई जोड दिने गरेकोमा पनि आपत्ति जनाए ।
सांसद सुवालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सार्वजनिक निर्माण तथा अनुगमनको काममा पूर्णतः असफल भएको दावीगरे ।

उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले भ्रष्टाचार अन्त्य गरेर मुलुकमा सुशासन बहाल गर्न नसकेको गम्भिर आरोप समेत लगाए ।

सांसद सुवालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको औचित्य पुष्टि गरेर देखाउन पनि प्रधानमन्त्री केपी ओलीलाई चुनौति दिए ।

प्राधिकरणले पुनर्निर्माणको कामलाई गति नदिएकोमा सांसद सुवालको आक्रोस छ ।

पुनर्निर्माणको काम १० प्रतिशत पनि सम्पन्न नगर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको औचित्य नरहेको उनले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com