प्रधानमन्त्रीले चीन भ्रमण बारे अाज संसदमा जानकारी गराउने, विपक्षीद्वारा सरकारकाे अालाेचना


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

हिजो नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेपनि विशेष कारणबश हुन सकेन । आजको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे जानकारी गराउनु हुनेछ । चीन भ्रमण उपलव्धिमुलक भएको दाबी गर्नुभएका प्रधानमन्त्री ओलीले सांसदहरुको जिज्ञासा सम्बोधन गर्ने बताइएको छ ।

हिजो बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसका सांसदले मन्त्रालयगत छलफलमा असन्तुष्टि जनाएका थिए । साे बैठकमा काँग्रेस सांसदले मन्त्रालयलाई छुटाएको रकममा सरकारले विभेदकारी नीति लिएको आरोप लगाएका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत विनियोजित बजेट र योजनामा सरकारले सर्वत्र देखिने गरि विभेद गरेको काँग्रेसको टिप्पणी थियो । काँग्रेस सांसद ज्ञानकुमारी छन्त्यालले नवनिर्माणका सवालमा रेलमार्ग र पानी जहाजको कुरा गर्ने सरकारले ग्रामीण क्षेत्रको सामान्य पूर्वाधारका कार्यक्रममा ध्यान नदिएको आक्रोश पोख्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी सांसद संजयकुमार गौतमले बजेट विनियोजनमा सरकारले सत्तापक्षका सांसदको जिल्ला र क्षेत्रलाई मात्रै प्राथमिकता दिएको आरोप लगाउनुभयो । प्रतिपक्षले बजेटलाई लिएर टिकाटिप्पणी गर्दा सत्तापक्षले समेत बजेटमाथि असन्तुष्टि जनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com