पहिरो खसेपछि मुग्लिङ-नारायाण्गढ सडक अवरुद्ध


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो ।

प्रहरीका अनुसार, चारकिलोसहित जलविरे, तोपेखोला लगाएतका स्थानहरुमा समेत पहिरो झरेको छ ।

पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन-चार घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता शिव शर्मा आचार्यले बताए ।

दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ जसका कारण यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com