४४ हजार गैरसरकारी संस्था अबैध बार्षिक ४२ अर्वको चलखेल


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

मुलुकका बिभिन्न भागमा फरक फरक उदेश्य लिएर स्थापित गैरसरकारी संस्थामध्ये ९२ प्रतिशतले संस्था नविकरण गरेका छैनन । हाल सम्म दर्ता भएका ४८ हजार ९० संस्थाहरु मध्ये अहिलेसम्म ४ हजार संस्था मात्रै नविकरण भएको समाज कल्याण परिषद्ले जनाएको छ ।

परिषद्को तथ्याङक अनुसार ४४ हजार ९० वटा गैर सरकारी संस्थाहरुले नविकरण गर्न निवेदन दिएका छैनन ।

परिषद्का सुचना अधिकारी हरी तिवारीले भन्नुभयो,–‘जुन संस्थाले तीन बर्ष अवधी पुरा गरेको छ । त्यसले मात्रै नबिकरण गर्न पाउँछ । त्यसैलेपनि नबिकरण हुन बाँकी संख्या धेरै देखिएको हो । अहिले परिषद्मा आबद्ध हुने संस्थाहरुको संख्या बढेको देखिन्छ ।’

हाल १५ हजार गैरसरकारी संस्थाहरुले सकृय रहेर काम गरिरहेको अनुमान गरिएको छ ।

पछिल्लो तथ्याङक अनुसार गैरसरकारी संस्थाहरुको बार्षिक बजेट ४२ अर्व रुपैंया रहेकोे छ । जसमध्ये २४ अर्व रुपैंया परियोजना सम्झौता अन्तर्गत आइएनजीओ र परिषद् बीचको सम्झौता भएर रकम खर्च हुने गरेको छ । यस्तै, कार्यक्रम स्विकृत अन्तर्गत् १८ अर्व रुपैंया दातृ संस्था बिदेशमै रहेपनि नेपालमा कार्यरत गैरसरकारी संस्थाहरुलाई दिने सो रकम समाजकल्याण परिषद्बाट स्विकृत भई खर्च हुने गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com