उद्योग मन्त्रीको सिफारिसमा ४ ठूला चिनी उद्योगी पक्रिन गृहको सर्कुलर


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

उद्योग मन्त्रालयको सिफरिसमा ४ ठूला चिनी उद्योगीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । ऊखु किसानलाई समयमा भुक्तानी नदिएको आरोपमा उद्योग मन्त्रालयले ४ ठूला उद्योगीलाई पक्राउ गर्न सिफारिस गरेपछि गृहले पक्राउको सर्कुलर जारी गरेको छ ।

उद्योग मन्त्रालयले अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्री प्रालि सर्लाहीका सञ्चालक राकेश अग्रवाल, इन्दिरा सुगर मिल्स नवलपरासीका सञ्चालक ज्ञानप्रसाद भट्टराई, बागमती सुगर मिल्स नवलपरासीका सञ्चालक जगदीशकुमार अग्रवाल र एभरेष्ट सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज महोत्तरीका सञ्चालक शशिकान्त अग्रवाललाई पक्राउ गर्न गृहलाई सिफारिस गरेको छ । शशिकान्त अग्रवाल चीनि उत्पादक सङ्घका अध्यक्षसमेत हुन् ।

उद्योग मन्त्री मातृका यादवले गृहलाई पत्र नै लेखेर कारवाहीको लागि सिफारिस गरेका छन् । ऊखुबाट चिनी उत्पादन गरेर विक्री गरिसक्दासमेत किसानलाई भुक्तानी नदिएपछि कारवाहीको बाटोमा जानु परेको उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भण्डारीले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com