एसिएन गेम्सका लागि नेपाली फुटबल टोलीको घोषणा


प्रकाशित मिति : असार १०, २०७५ आईतबार

इण्डोनेसियामा हुने १८ औं एसियन गेम्सका लागि नेपाली फुटबल टोली घोषणा भएको छ ।

२० सदस्यीय नेपाली टोलीमा तीन सिनियर खेलाडी किरण लिम्बु, रोहित चन्द र भरत खवास छन् । गोलकिपरमा एलन न्यौपाने र सोजित गुरुङ छन् भने डिफेन्समा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरब बुढाथोकी र छिरिङ गुरुङ छन् ।

मिडफिल्डमा हेमन्त गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, अभिशेष रिजाल र तेज तामाङ छन् । फवार्डमा भरत खवाससँगै सुनिल बम, सुमन लामा र विमल घर्ती मगर छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com