सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी आरोपमा एक पक्राउ


प्रकाशित मिति : असार १०, २०७५ आईतबार

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले ठगी आरोपी अमृत भन्ने नथमल अग्रवाल (नागराज) लाई शनिबार काठमाडौं पानीपोखरीबाट पक्राउ गरेको जनाएको छ। ४८ वर्षका अग्रवाल धनुषा, जनकपुर नगरपालिका-३ काबासिन्दा हुन्। प्रहरीका अनुसार उनी हाल काठमाडौं पानीपोखरी बस्दै आएका थिए।

उनीमाथि भारतमा भएको आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी प्रलोभन देखाएर दुई करोड चालीस लाख ठगी गरी सम्पर्कविहीन भएको आरोप लागेको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। अग्रवालको गठीमा महोत्तरी मनरासिसुवा वर्षका ३९ को राकेश सिंहलगायत व्यक्ति परेका छन्।

पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com