चीन भ्रमण सकाएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै


प्रकाशित मिति : असार १०, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् । चीनको ६ दिने राजकीय भ्रमणका लागि गत असार ५ गते १२० जनाको जम्बो टोलीसहित त्यसतर्फ गएका ओली पूर्वनिर्धारित कार्यतालिका अनुसार आज स्वदेश फर्कन लागेका हुन् ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार, ओली आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेलमार्गलगायत विभिन्न सम्झौता भएका छन् । सत्तारुढ दलले भ्रमण सफल भएको बताइरहँदा अन्य प्रतिपक्ष दलहरुले भने यसमाथि मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com