साढे ३३ किलो सुन तस्करी प्रकरणमा नयाँ रहस्य र नामहरु खुल्दै


प्रकाशित मिति : असार ९, २०७५ शनिबार

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको बारेमा अनुसन्धान गरिरहेको गृह मन्त्रालय अन्तर्गतको सुन समितिले नयाँ नाम सार्वजनिक गरेको छ ।

समितिले नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक बिमल पोद्दारलाई पक्राउ गरेलगत्तै पोद्दारबाट नयाँ नाम र प्रमाण फेला पारेको हो । पोद्दारसँग बयानका क्रममा नेपाल प्रहरीका केही पूर्व उच्च अधिकारको नाम बाहिरिएको छ । बयानका क्रममा पोद्दारले प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी)देखि ठूला व्यापारीसम्मको सहयोगले आफूले काम गर्ने गरेका बताएका थिए ।

समितिका अनुसार पोद्दारले प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, बिज्ञानराज शर्मा र रमेशशेखर बज्राचार्यको नाम बताएका थिए । बिमल पोद्दार र अकबर साहको पक्राउले सुन तस्करीका ‘ठूला माछा’ नजिक अनुसन्धान पुगेको समितिको दावी छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com