अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को कालाे सूचीबाट नेपाललाई हटायो


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को कालो सूचीबाट नेपाललाई हटाइएको छ ।

सन् २०१३ मा (आईकाओ)ले उडान सुरक्षा मापदण्ड नपुगेको भन्दै नेपाललाई गम्भीर सुरक्षा चासोको मुलुकको सुचीमा राखेको थियो । युरोपियन युनियनबाट समेत २०१३ डिसेम्बर देखि नेपाली वायु सेवा कम्पनीलाई युरोप उडानमा रोक लगाइएको थियो ।

आईकाओको उडान सुरक्षाको मापदण्ड विश्व सरदर ६० प्रतिशतको तुलनामा नेपालको ६६ दशमलब ०८ प्रतिशत पुगेकाले नेपाललाई कालोसूचीबाट हटाइएको हो ।

संस्कृत पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबीन्द्र अधिकारीले प्रतिनिधिसभाको आजको बैठकमा आईकाओको कालो सूचीबाट नेपाल हटेको जानकारी गराउँदै सुरक्षा मापदण्ड पूरा गरेकाले नेपालले अन्तराष्ट्रिय नागरिक उड्डयन आईकाओ काउन्सिल प्रेसिडेन्ट अवार्ड समेत हासिल गरेको बताउनुभयो ।

मन्त्री अधिकारीले भारतबाट नयाँ हवाई रुट प्राप्त गरेको जानकारी गराउँदै नयाँ हवाई प्रवेशमार्गका सम्बन्धमा २०१८ को सेप्टेम्बर सम्म विस्तृत सुरक्षा हवाई विश्लेषण गरिसक्ने समेत बैठकलाई जानकारी गराउनुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com