३२३ इलेक्टोरल भोटले चुनाव जित्दै हिलारी


प्रकाशित मिति : कार्तिक २३, २०७३ मंगलबार

 

विश्वचर्चित संचारमाध्यम द हफिंगटन पोष्टको राष्ट्रपतीय चुनावको नतिजा अनुमान गर्ने मोडलले अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले ३२३ इलेक्टोरल मत ल्याएर राष्ट्रपति चुनाव जित्ने अनुमान गरेको छ ।

यो मोडलको अनुमान अनुशार हिलारीले चुनाव जित्ने सम्भावना ९८ दशमलव २ प्रतिशत रहेको जनाइएको छ ।

क्लिन्टनको विजय अत्यन्तै भब्य नभएपनि ठूलो अन्तरमा हुने अनुमान गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए ।

चुनावी अनुमानबारे विस्तारमा बुझ्न यहाँ क्लिक गर्नुहोला । 

नोभेम्बर ८ को प्रतिक्षा

अमेरिकाको राष्ट्रपति छान्न आगामी नोभेम्बर ८ तारिख बिहिबार चुनाव हुनेछ । जुन चुनावबाट अमेरिकी जनताले नयाँ राष्ट्रपति छान्नेछन् । जुन चुनावी प्रकृयामा हजारौं नेपाली अमेरिकनहरु पनि सहभागी हुनेछन् । अमेरिकामा रहेका नेपालीहरुले पनि यो चुनावलाई निकै उत्सुकताका साथ हेरिरहेका छन् । अधिकांश नेपालीहरु हिलारी क्लिन्टनका पक्षमा देखिएका छन् भने केही नेपालीहरु रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका पक्षमा पनि देखिएका छन् ।

अमेरिकाको राष्ट्रपतीय चुनावमा मतदान गर्नका लागि १८ बर्ष उमेर पुगेको (कतिपय राज्यमा १७ बर्ष ) अमेरिकी नागरिकता प्राप्त व्यक्ति हुनुपर्छ । यो योग्यता पूरा गरेका नेपालीहरु अमेरिकामा लगभग २६ हजारको हाराहारीमा रहेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीहरु २६ हजारको हाराहारीमा रहेका छन्, जसमा अमेरिकामा नै जन्मेकाहरुको तथ्यांक समावेश छैन । चुनाव भन्नासाथ अत्याधिक चासोका साथ हेर्ने नेपालीहरु अमेरिकी राष्ट्रपतीय चुनावमा पनि सकृय रुपमा सहभागी हुँदैछन् ।

सुरुदेखि सन् २०१४ सम्मको तथ्यांक हेर्दा अमेरिकी चुनावमा मताधिकारसहित २१ हजार १ सय ७४ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएको देखिन्छ भने त्यसपछि झण्डै ५ हजार नेपालीहरुले अमेरिकी नागरिकता लिएको युएससीआईएसले जनाएको छ । २६ हजारको हाराहारीमा रहेका नेपालीहरु र अमेरिकामा जन्मेर १८ बर्ष पुरा गरिसकेका नेपालीहरुको संख्यालाई समेत जोड्ने हो भने अमेरिकी चुनावमा मतदाताका रुपमा भाग लिन योग्य नेपाली मुलका अमेरिकनहरुको संख्या यो भन्दा पनि धेरै हुन आउँछ ।

सन् २०१५ मा अमेरिकाभरबाट ७ लाख २९ हजार ९ सय ९५ जना विश्वभरका आप्रवासीहरुले अमेरिकी नागरिकता लिएका थिए जसमध्ये नेपालीहरुको संख्या ३ हजारको हाराहारीमा रहेको थियो । चालु आर्थिक बर्ष २०१६ को अहिलेसम्म झण्डै २ हजार नेपालीहरुले अमेरिकी नागरिकता लिइसकेका छन् , जो अमेरिकी राष्ट्रपति छान्न अधिकारप्राप्त छन् ।

५० प्रतिशत भन्दा धेरैले मतदान गर्ने अनुमान

अमेरिकामा यो वर्ष हुने राष्ट्रपतीय चुनावका लागि मतदान गर्न योग्य अमेरिकी नागरिकाप्राप्त व्यक्तिको संख्या झण्डै २५ करोड रहेको छ । जसमध्ये ५० प्रतिशत भन्दा धेरैले राष्ट्रपतीय चुनावमा मतदान गर्ने अनुमान गरिएको छ । किनभने अमेरिकी राष्ट्रपतीय चुनावमा मतदान गर्न योग्यमध्येबाट ५० प्रतिशतको हाराहारीमा मात्र मतदानमा सहभागी हुने गरेका छन् ।

यसअगाडि सन् २०१२ मा सम्पन्न राष्ट्रपतीय चुनावका लागि मतदान गर्न योग्य मतदाताहरु २३ करोड ५२ लाख ४८ हजार रहेका थिए तर उनीहरुमध्ये १२ करोड ९२ लाख ३५ हजारलेमात्र मतदान गरे । त्यसबाट ६ करोड ५९ लाख १५ हजार ७ सय ९६ मत बराक ओबामाले प्राप्त गरेका थिए भने ६ करोड ९ लाख ३३ हजार ५ सय मत मिट रोम्नीले प्राप्त गरेका थिए । सन् २०१२ को चुनावमा कुल मतदाताको ५४ दशमलव ९ प्रतिशतमात्र मतदानमा सहभागी भएका थिए ।

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ । यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com