नेपाली क्यान्सर चिकित्सक सरोज निरौलालाई क्यानेडियन आप्रवासी अवार्ड


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

क्यानडा निवासी क्यान्सर चिकित्सक सरोज निरौलाले क्यानडाको टप २५ क्यानेडियन आप्रवासी अवार्ड पाउनुभएको छ । प्रस्तावित सयौं नामबाट निरौला ७५ जनाको सुचीमा पर्नुभएको थियो।

७५ जनाको सुचीबाट छनौट गरेर २५ जनालाई क्यानेडिन आप्रवासी अवार्ड प्रदान गरिएकोमा त्यसमा नेपाली मुलका निरौला समेत पर्नुभएको हो ।

९ बर्ष अगाडि क्यानडामा आउनुभएका निरौला त्यहाँका चर्चित नेपाली आप्रवासी हुनुहुन्छ । ७५ जनामा पर्नेहरुबाट २५ जना छनौटका लागि मे १७, २०१८ सम्म मात्र भोट हाल्न सकिने व्यवस्था गरिएको थियो ।

निरौला क्यानडामा क्यान्सर चिकित्सक तथा त्यसैसँग सम्बन्धित बैज्ञानिक हुनुहु्न्छ । क्यान्सरबिरुद्धको अभियानमा निरौला जस्तो नेत्रित्व पाएकोमा क्यानेडियनहरू गर्व गर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com