कोशीमा ट्रक खस्यो,नौ जनाको उद्धार ३ जनाको अवस्था गम्भीर


प्रकाशित मिति : असार ६, २०७५ बुधबार

पश्चिमबाट पूर्वको इटहरी आउँदै गरेको मालवाहक ट्रक कोशी व्यारेजस्थित सप्तकोशी नदीमा खसेको छ ।

जेसीबी बोकेर इटहरीतर्फ आइरहेको ट्रक कोशी ब्यारेजको १९ र २० नम्बर ढोका बीचमा ठोक्किएर ट्रक नदीमा डुबेको हो ।

दुर्घटनापछि ट्रकमा रहेका नौ जनाकै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ जनाको अवस्था गम्भीर छ । दुई जनाको होश नभएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताउनु भयो । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com