मृगौलाका विरामीलाई डायलाइसिल निःशुल्क


प्रकाशित मिति : कार्तिक २२, २०७३ सोमबार

काठमाडौं । मृगौलाका विरामीहरुलाई आवश्यक पर्ने संपूर्ण डायलाइसिस निःशुल्क भएको छ । यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलाइसिसको व्यवस्था गरिएकोमा अवदेखि जति पटक आवश्यक पर्छ त्यति पटक निःशुल्क भएको हो ।
स्वास्थ्य मन्त्री गगन कुमार थापाको निर्देशनमा मन्त्रालयको चिकित्सा सेवा महाशाखाले आवश्यकता अनुसारको डायलाइसिस निःशुल्क गर्न सोमबार संवन्धीत अस्पतालहरुलाई परिपत्र गरेको छ ।
विरामीले मृगौला प्रत्यारोपण नगर्दा सम्म हप्तामा तीन पटक सम्म डायलाइसिस गर्नु पर्ने मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
डायलाइसिस गर्दा हरेक पटक २५ सय रुपैया लाग्ने गरेको छ । हप्ताको तीन पटक र प्रत्येक पटक २५ सय रुपैयाका दरले डायलाइसिसका लागि मात्रै हरेक हप्ता कम्तीमा ७५ सय रुपैया लाग्ने गर्दछ । यही सेवालाई नै मन्त्रालयले निःशुल्क गरेको हो ।
प्रधानमन्त्रीको घोषणा, सरकारको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र स्वास्थ्य मन्त्रालयको निर्णय समेतबाट संपूर्ण डायलाइसिस निःशुल्क हुन लागेको हो ।
मन्त्रालयले दिएको निर्देशनमा “निःशुल्क उपचार गराउने व्यवस्था अनिवार्य कार्यान्वयन गर्न निर्णयानुसार अनुरोध छ” भनिएको छ ।
नेपालमा अहिले मानव अंग प्रत्यारोपण केन्द्र र किड्नी सेन्टर सहित ३२ अस्पतालहरुमा निःशुल्क लाडलाईसिसको व्यवस्था रहेको छ । यी मध्ये चार ओटा अंचल अस्पताल रहेका छन् भने वाँकी अंचल अस्पतालहरुमा पनि मन्त्रालयले निःशुल्क डायलाइसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडी बढाई सकेको छ ।
स्वास्थ्य मन्त्री थापाले पदवहाली गर्ने बेलामा ६ महिना भित्रमा सवै अंचल अस्पतालहरुमा निःशुल्क डायलाइसिसको व्यवस्था गर्ने घोषणा गर्नु भएको थियो ।
प्रत्येक अंचल अस्पतालहरुलाई २ ओटा डायलाइसिस मेसिन किनेर सेवा सुरु गर्न मन्त्रालयले आवश्यक रकम पनि पठाइ सकेको छ । ६ महिना भित्रमा सवै अंचल अस्पतालहरुमा सेवा सुरु भईसक्ने मन्त्रालयको दावी छ ।
मन्त्री थापाले डायलाइसिस गर्न नपाएर कुनै विरामीले ज्यान गुमाउन नपरोस भनेर मृगौलाको निःशुल्क डायलाइसिस सेवा विस्तार गर्न विषेश प्राथमिकता दिनु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com