ओली बेइजिङमा, सीसँग बिहीबार भेटवार्ता


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनको ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार बेइजिङ आइपुगेका छन्।

चार जना मन्त्रीसहित आएको नेपाली प्रतिनिधिमण्डललाई बेइजिङस्थित नेपाली दूतावासले स्वागत गरेको छ।

दूतावासको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पार गरेकाले नेपाल अब विकास र समृद्धिको यात्रामा अघि बढ्ने उल्लेख गरे। पूर्वाधार निर्माणमा सरकारको मुख्य ध्यान रहेको उनको भनाई थियो।

हिमालय एयरलाइन्सबाट बेइजिङ आएका प्रधानमन्त्री ओलीको मंगलबार थप औपचारिक कार्यक्रम राखिएको छैन। भोलि बुधबार ओलीले चिनियाँ व्यवसायी सहभागी हुने अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउनेछन्। चीनको सीसीपीआईटीसँगको सो छलफलपछि उर्जा र कृषिसम्बन्धी निजी क्षेत्रका परियोजनामा हस्ताक्षर हुनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेइजिङस्थित नेपाली दूतावासले अायाेजना गरेकाे कार्यक्रममा प्रधानमन्त्री अाेली

बेइजिङस्थित नेपाली दूतावासले अायाेजना गरेकाे कार्यक्रममा प्रधानमन्त्री अाेली

असार ७ गते बिहान नेपाल–चीन मैत्री दौडामा प्रधानमन्त्री ओली सहभागी हुनेछन्। सोही दिन उनको चिनियाँ समकक्षी लि ली खछ्याङसँग भेटवार्ता हुनेछ। वार्तापछि केही सम्झौतामा हस्ताक्षर हुनेछ। त्यसपछि संयुक्त पत्रकार सम्मेलनलाई ओलीले सम्बोधन गर्नेछन्। ७ गते नै ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

८ गते बिहान ओली बेइजिङबाट तिब्बतको राजधानी लासा प्रस्थान गर्नेछन्। असार ९ गतेका लागि लासामा दुई देशबीचको सीमा सुरक्षासम्बन्धी बैठक राखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापासहितको नेपाली प्रतिनिधिमण्डलले बैठकमा सहभागिता जनाउनेछ। १० गते बिहान प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डल लासाबाट काठमाडौं फर्किनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com