वासिंटन डिसीमा नेपाली राजदूतका लागि ८० करोडको महँगो आवास किन्ने तयारी


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

अमेरिकामा रहेको नेपाली दूतावासले राजदूतका लागि झण्डै ८० करोड नेपाली रुपैयामा आवास खरिदको तयारी गरेको छ । जुन पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको निवास भन्दा पनि महँगो भएको जनाइएको छ । तर दूतावासका लागि कार्यालय भवनको साटो राजदूतका लागि आवास किन्न खोजिएकोमा परराष्ट्रमन्त्रालयकै कर्मचारीहरुले विरोध गरिरहेका छन् ।

वासिंटन डिसीमा राजदूतका लागि खरिद गर्न लागिएको भवनमा कमिशनको खेल भएको आशंका समेत गरिएको छ । आवासीय भवन किन्दा ६ प्रतिशतसम्म कमिशन प्राप्त हुने तर व्यवसायिक भवन किन्दा २ प्रतिशतमात्र कमिशन प्राप्त हुने भएकाले कमिशनको चक्करमा दूतावासका लागि भवन नकिनेर राजदूत निवासका लागि भवन किन्न खोजिएको आशंका गरिएको छ ।

नेपाली दूतावास र परराष्ट्र मन्त्रालयका कैयन कर्मचारीहरु नै दूतवासका लागि कार्यालय भवन नकिनेर राजदूतका लागि निवास किन्न खोजिएकोमा विपक्षमा उभिएका छन् । वर्तमान राजदूत निवासमा पार्टी र बैठकहरुका लागि प्रयाप्त स्थान नभएको भन्दै नेपाल सरकारले राजदूत निवास किन्न लगाएपछि त्यसका लागि प्रकृया अगाडि बढेको दूतावासका कर्मचारीले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com