प्रधानमन्त्री ओलीको चीन भ्रमणमा १ सय ११ जनाको जम्बो टोली


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा १ सयभन्दा बढीको जम्बो टोली सहभागी हुने भएको छ ।

ओली भोलि चीन भम्रणमा जाँदैछन् ।

हिमालयन एयरको विमान चार्टर गरेर प्रधानमन्त्री ओली चीन जान थालेका छन् ।

भ्रमण टोलीमा व्यवसायीबाट ५२ जना, मिडिया डेलिकेशन ११ जना, प्रधानमन्त्रीको अफिसियल टोली ४८ जना छन् ।

यसमा बेइजिङ दूतावासको टोली पनि थपिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताएका छन् ।

चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उनले भनेका थिए, “तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।”

पूर्वप्रधानमन्त्रीहरुसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले भ्रमणवारे आज संसदलाई जानकारी दिँदैछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com