गृहमन्त्री थापालाई ६ वर्षको चिठ्ठा


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभा कार्यकाल ६ वर्षको हुने भएको छ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल टुंगो लगाउन सोमबार भएको गोलाप्रथाबाट उनी ६ वर्षका लागि चयन भएका हुन्।

सरकारको पूर्ण कार्यकाल ५ वर्ष बिताएर थप एक वर्ष उनी राष्ट्रिय सभा सदस्य रहनेछन्।

गत माघ महिनामा भएको राष्ट्रिय सभा निर्वाचनमा थापा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका थिए। माओवादी–एमाले एकीकरण भएर हाल नेकपा बनिसकेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com