गृहमन्त्रत्री थापा – ‘ठेकेदारलाई कारबाही गर्छु’, मन्त्री महासेठ – ‘पक्राउ पर्न दिन्नँ,

प्रकाशित मिति : असार ४, २०७५ सोमबार

गृहमन्त्री रामबहादुर थापा बादल र भौति पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठबीच विवाद देखिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका हुन् ।

मन्त्री महासेठले आइतबार निर्माण व्यवसायीसमक्ष कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने प्रतिबद्धता मात्रै जनाएनन्, पक्राउ परेमा छुटाउने आशयको अभिव्यक्तिसमेत दिएका छन् ।

गृहमन्त्री थापाले काम नगर्ने निर्माण व्यवसायीलाई पक्राउ गरेर जेल हाल्ने निर्णय गर्दा मन्त्री महासेठले कसैले धरपकड गरे आफुलाई भन्न आग्रह गरेका छन् । आईतबार निर्माण व्यवसाय विकास परिषद्को बैठकमा बोल्दै मन्त्री महासेठले भने, ‘अब विगतमा जस्तो व्यवहार हुँदैन्, कुनै पनि निर्माण व्यवसायीलाई धरपकड भएमा तुरुन्त मलाई खबर गर्नुस् ।’ उनले निर्माण व्यवसायीलाई अब कुनै किसिमको धरपकड नगरिने स्पष्ट पारे ।

‘निर्माण कार्य ढिलो हुनुमा व्यवसायीको मात्र दोष हुँदैन’, निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले भने – कतै रुख काटेको हुँदैन, कतै बिजुलीको पोल सारेको हुँदैन । यस्ता कारणले पनि निर्माण कार्य ढिला भएका छन् ।’ यस्ता कारणले पनि निर्माण कार्य ढिलो भएका छन्, त्यसैले व्यवसायीलाई मात्र दोष दिन मिल्दैन ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com