चीन भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ । उहाँले आफ्नो चीन भ्रमणबारे जानकारी गराउने तयारी रहेको छ ।

संसदको अपराह्न ४ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्दै ओलीले चीन भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाका बारेमा जानकारी गराउनुहुनेछ ।

ओली भोलि जम्बो प्रतिनिधिमण्डलसहित चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदैहुनुहुन्छ । स्रोतका अनुसार भ्रमण टोलीमा एक सयभन्दा बढी सदस्य रहनेछन् । ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे संसदमा जानकारी गराउने कार्यक्रम तय भएको संसद सचिवालयले जानकारी दिएको हो ।

चीनसँग ऊर्जा, कृषि, रेलवे लगायतका क्षेत्रमा सम्झौता गर्ने नेपालको तयारी छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा आइतबार पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श पनि गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com