विश्वकप : उपाधिको दावेदार जर्मनी र मेक्सिकोबीच खेल सुरु


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

समूह एफ अन्तरगत उपाधिको दावेदार जर्मनी र मेक्सिकोबीच भिडन्त हुँदै छ । रुसमा जारी विश्वकपमा आजको दोस्रो खेलमा नेपाली समय अनुसार ८ : ४५ बजेबाट जर्मनी र मेक्सिको खेल सुरु भएको छ ।

सन् २०१८ को उपाधिको प्रमुख दावेदार हो जर्मनी । सन् १९३४ देखि विश्वकप खेल्न थालेको जर्मनी चार पटक विश्व विजेता बनेको छ । पहिलो पटक १९५४ मा च्याम्पियन बनेको जर्मनीले १९७४, १९९० र अन्तिम पटक २०१४ मा जितेको थियो । साविक विजेताकोरुपमा जर्मनीले रुसमा सबै टोलीलाई चुनौती पेश गर्नेमा दुई मत छैन । टिम फर्माट, र टिम गेममा सधैँ राम्रो मानिने जर्मनी यो पटक पनि त्यस्तै लयमा देखिएका छन् ।

१८ पटक विश्वकप खेलेको जर्मनी ब्राजिलपछिको सफल टिम हो । अहिलेसम्म १३ पटक सेमिफाइनलमा पुगेको जर्मनीले ८ पटक फाइनल खेलेको छ । मेक्सिको, समूह चरणको पहिलो खेलमा जर्मनी जस्तो बलियो टिमको सामना गर्नु मेक्सिकोको प्रमुख चुनौती बनेको छ ।

तर लामो समय देखि विश्वकपमा लगातार अन्तिम १६ बाट बाहिरिएको पुरानो छविलाई मेक्सिको मेटाउन चाहन्छ । सन् १९३० मा पहिलो विश्वकप खेलेको मेक्सिकोको यो १६ औँ विश्वकप हो । यी दुईको खेल नेपाली समय अनुसार पौने नौ बजे लुजनिकी स्टेडियममा हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com