चौतर्फी दबावपछि घट्यो पेट्रोल-डिजेलको मूल्य


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

चौतर्फी दबावपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो ।

निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यसघ लिटरको ११३ रुपैयाँ थियो ।

त्यसैगरी डिजेल र मिट्टतेलको मूल्य पनि प्रतिलिटर २/२ रुपैयाँ घटेको छ । अब डिजेल र मटि्टतेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ । यसअघि प्रतिलिटर मूल्य ९५ रुपैयाँ थियो ।

ग्यासको मूल्य भने यथावत राखिएको छ । यसअघि सरकारले लगातार तेल मूल्य बढाएपछि प्रतिपक्षी कांग्रेससहित सर्वसाधारणले त्यसको विरोध गरेका थिए ।

भारतीय आयल कर्पोरशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार मूलय घटाइएको कार्यकारी निर्देशक भट्टराईले बताए ।

आईओसीले प्रत्येक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँछ । शनिबार आईओसीले मूल्य घटाएर सूची पठाएको थियो । खरिद सामान्य मूल्य बढ्दा पनि

आन्तरिक बजारमा भाउ बढाइहाल्ने सरकारले मूल्य घटदा भने अधिक नाफा राखेर तेल बेच्ने गरेको छ । अन्तर्राष्ट्रिय बजार मूल्यको बाहना बनाएर तेलको भाउ बढाएको भन्दै सरकारको तीव्र आलोचना भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com