अर्जेन्टिनाका प्रशिक्षकमाथि लाग्यो यौन दुराचारको आरोप


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

अजेर्टिनाले आफ्नो विश्वकप अभियान सोचे जसरी सुरु गर्न सकेन । पहिलो खेलमा उसले कमजोर मानिएको आइसल्यान्डसँग अंक बाड्नु पर्‍यो । र, अब अर्जेन्टिनी टोलीमाथि नयाँ संकट आइलागेको छ ।

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक जर्ज साम्पाओलीमाथि यौन दुराचारको आरोप लागेको छ । उनले फुटबल संघभित्रकी एक विवाहित महिलालाई यौन उत्पीडन गर्दै आएको आरोप लागेको हो ।

यद्यपि, अर्जेन्टिनी फुटबल संघका अध्यक्षले भने यसको सार्वजनिकरुपमा खन्डन गरेका छन् । अध्यक्ष क्ल्ाडिओ तापियाले भनिन्, ‘यो हामीलाई कमजोर पार्ने षड्यन्त्रको उपज मात्र हो । म यस घटनामा हाम्रा प्रशिक्षकको इमान्दारितामाथि पूर्ण विश्वस्त छु । उहाँ कस्तो व्यक्ति हो भन्ने मलाई राम्रोसित थाहा छ र म उहाँको पक्षमा खडा छु ।’

उनले पीडित भनिएकी महिलाको पनि श्रीमान र बच्चाहरु भएकाले यस्ता अफवाहले उनको परिवार बिग्रनसक्ने चिन्ता व्यक्त गरिन् ।

सन् २०१५ मा चिलीलाई कोपा अमेरिका जिताएका साम्पाओलीले एक वर्ष अगाडि अर्जेन्टिनाको कमान्ड सम्हालेका हुन् ।

दुई पटकको विश्वविजेता अर्जेन्टिना पहिलो खेलमा बराबरीमा चित्त बुझाउनुपरेपछि बाँकी लिग चरणका दुई खेलका लागि दबाव बढेको छ । पहिलो खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पेनाल्टी मिस गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com