प्रम ओलीको चीन भ्रमणमा पारवहन सन्धिमा हस्ताक्षर हुने संकेत


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा नेपाल–चीनबीच पारवहन तथा यातायातसम्बन्धी सन्धिमा हस्ताक्षर हुनसक्ने प्रवल सम्भावना रहेको परराष्ट्र मामिलाका जानकारहरुले संकेत गरेका छन् ।

आज यहाँ आयोजित साक्षात्कारमा नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा। राजन भट्टराईले आगामी मंगलबारबाट हुने प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा पारवहन र यातायात क्षेत्रमा सहयोग आदानप्रदान सन्धिमा हस्ताक्षर हुने बताए । उनले भने, ‘नेपाललाई विकास र समृद्धिको बाटोमा अघि बढाउने सन्दर्भमा प्रधानमन्त्रीको आगामी चीन भ्रमण ऐतिहासिक कोशेढुङ्गाको रुपमा सावित हुनेछ, पारवहन तथा यातायात क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा काजगपत्रको आदानप्रदान भइरहेको छ ।’

नेपालमा राजनीतिक स्थिरता कायम भई अत्याधिक जनाधारसहितको सरकार गठन भएको हुँदा विकास र समृद्धिका लागि चीनको सडक, रेल, ऊर्जा, सिँचाइ, पर्यटनगायत पूर्वाधार क्षेत्रमा लगानी र सहयोग हुनेसक्ने बताउँदै नेता डा। भट्टराईले समुद्रको तटसम्मको पहुँच नेपालको अधिकार मात्र नभई प्राथमिकताको विषय हो भन्ने पक्षलाई छिमेकी चीनले बुझेको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com