प्रधानसम्पादक बिकलाई धम्की, पत्रकारिता माथी आक्रमण भएको भन्दै पत्रकार महासंघको विरोध


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

काठमाडौं । समाचार छापेको भन्दै बारम्बार दियो पोष्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई आएको धम्किको विरोधमा पत्रकार महासंघले विरोध जनाएको छ । महासंघको ललितपुर जिल्ला शाखाले विज्ञप्ति निकाल्दै घटना बारे आपत्ति जनाएको छ ।

‘पर्यटन व्यावसायी राम सापकोटाले दियोपोस्ट डटकमका प्रधान सम्पादक सुदीप विश्वकर्मालाई समाचारको विषयलाई लिएर धम्की आएको विषयमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाको ध्यानाकर्षण भएको छ । समाचारको विषयलाई लिएर सापकोटाको स्वामित्वमा रहेको हिमालयन सोशियल जर्नी नामको ट्रेकिङ कम्पनिमा कार्यरत टिकाराम नेपालीले विश्वकर्मालाई ९८४००५५४७१ नम्बरबाट फोन गरी ‘जातिय गाली गलौज समेत गरीएको विषयमा यस शाखा आपत्ति जनाउँदछ,’ महासंघका सचिव सविन शर्माद्वारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ,‘ दियोपोस्टमा पर्यटकलाई विरामी बनाएर उद्दारको नाममा अशुलीधन्दा चलाएको भन्दै अल्टिच्युड एअरका डाइरेक्टर तथा सोसियल जर्नी नामक ट्रेकिङ कम्पनिका सञ्चालक राम सापकोटाबारे रिपोर्ट प्रकाशन गरेको थियो । समाचारको विषयमा कुनै आपत्ति भएमा कानूनी बाटो हुँदाहुँदै धम्की आउनु स्वतन्त्र पत्रकारीतामाथिको आक्रमण हो ।

‘नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गर्ने पत्रकारलाई राज्यको निकायले नै पक्रउ गर्ने, पक्राउको विषयमा कुनै जानकारी नदिने जस्ता गैरजिम्मेवारी कार्य गरेकोमा महासंघ जिल्ला शाखा कडा शब्दमा भत्र्सना गर्दछ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘जनतालाई ससूचित गराउने काममा बाधा नपु¥याउन सम्बन्धित निकायलाई माग गर्दछौं । यस्तै महासंघ जिल्ला शाखा पत्रकारलाई निर्वाध र निर्भिक भएर पत्रकारिताको वातावरण निर्माण गर्न प्रशासनको ध्यानाकर्षण गराउँछ ।’

दियोपोस्टमा केही दिन अघि पर्यटन व्यावसायी राम सापकोटाले पर्यटकलाई विरामी बनाएर उद्दारको नाममा चर्को शुल्क उठाएको विषयमा समाचार प्रकाशन भएपछि सापकोटाले प्रधानसम्पदक विश्वकर्मालाई ‘हातखुट्टा भाच्ने’ धम्की दिएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com