चिनियाँ परियोजना कार्यान्वयनका लागि संयन्त्र बनाउने मन्त्रिपरिषद्को निर्णय


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

मन्त्रिपरिषद्को बैठकले चीनको सहयोग नेपालमा सञ्चालन भैरहेको परियोजना कार्यान्वयनका लागि दुवै देश सम्मिलित संयन्त्र बनाउने निर्णय गरेको छ।

आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले परियोजनाको कार्यान्नयनका लागि सम्यन्त्र बनाउन लागेको सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई मध्यनजर गरेर सरकारले यस्तो निर्णय गरेको हो।

संयन्त्र निर्माणका लागि छलफल अगाडि बढीसकेको र छिट्टै नेपालको परराष्ट्र मन्त्रालय र चीनको विदेश मन्त्रालयबीच यसबारेमा समझदारी हुने मन्त्री बाँस्कोटाले जानकारी दिए।

बैठकले दुई देशबीच हुने सहयोगसम्बन्धी कार्यक्रम कार्यान्वयनमा सहजीकरण लागि संयन्त्र स्थापना गर्ने समझदारी पत्र निर्माण र हस्तान्तरणका लागि परराष्ट्र मन्त्रालयलाई स्वीकृति समेत दिएको छ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

त्यस्तै बैठकले खानेपानी बोर्ड सदस्यको संख्या १९ बाट घटाएर १० कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए। त्यसैगरी बैठकले लेखापरीक्षण विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, सूचना प्रविधि तथा सार्वजनिक सञ्चारसम्बधी नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय समेत बैठकले गरेको छ।

बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राजस्व अनुसन्धान विभागको संगठन संरचना स्वीकृत गर्ने निर्णय गर्नुका साथै उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र वीरगन्जको दरबन्दी स्वीकृत समेत गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com