अर्जेन्टिनाको विश्वकप : कतै पूजा, प्रथाना र र्‍याली, कतै जर्सी जलाएर प्रदर्शन


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

अहिले फुटबलको महाकुम्भ विश्वकप २०१८ चलिरहेको छ । विश्वभरि नै विश्वकपको रौनकले छोपेको छ।

नेपाल फुटबलमा कम्जोर भए पनि नेपाली फुटबल प्रेमीहरू कडा भएको यो विश्वकपले देखाएको छ। आफूले समर्थन गरेको टिमको जर्सी लगाएर ठाउँ ठाउँमा र्‍याली समेत निकालेका छन् । सामाजिक सञ्जालमा विश्वकपको दोहोरी चल्न थालेको छ । एउटा देशको सर्मथकहरुले अर्को देशको सर्मथकहरुलाई गाली गलोज समेत गर्न थालेका छन् ।

शनिवार काठमाडौंको टुँडिखेलमा अर्जेन्टिनाका सर्मथकहरुले र्‍याली नै निकालेका थिए । जर्सीमा उपस्थित अर्जेन्टिनाका फ्यानहरु मेस्सी मेस्सी तथा अर्जेन्टिनाको जित भन्दै नारा समेत लगाएका थिए । रुसमा जारी विश्वकप कुन टिमले जित्ला भनेर प्रश्न गर्दा अर्जेन्टिनका समर्थकहरूले मेस्सीको टिमले जित्ने बताए ।

धादिङमा र्‍याली

धादिङका फुटबल प्रेमीहरूले धादिङमा र्‍याली नै निकालेका थिए। विश्वकप सुरु हुनु भन्दा एक दिन अगाडि धादिङका फुपटबल प्रेमीहरूले अर्जेन्टिना जर्सी लगाएर मोटरसाइकल र्‍याली निकालेका थिए । उनीहरूले मेसीको टिम ९अर्जेन्टिना०लाई समर्थन गर्दै मोटरसाइकल र्‍याली निकालेका थिए।

गत मंगलबार साँझ ५ बजे ससाहबाटबाट सुरु गरेको र्‍याली पुच्छार बजार बिच बजार हुँदै सहर परिक्रमा गरेको अर्जेन्टिनाका समर्थक अर्जुन कुमार श्रेष्ठले बताए । र्‍यालीमा समर्थकहरूले अर्जेन्टिनाले विश्वकप जित्ने दाबी गरेका थिए ।

अर्जेन्टिनाका लागि पूजा

सामाजिक सञ्जालमा अहिले अर्जेन्टिनाले विश्वकप जितोस् भने पूजा लगाएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा भनेका छन् अर्जेन्टिनाले विश्वकप जितोस् भनेर कामना गर्दे पूजा लगाएका हौँ । अर्जेन्टिनाको जर्सी लगाएर विश्वकपको उपाधि जितोस् भन्दै मन्त्र समेत पढेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com