गृह र अर्थमन्त्रीसहितका सांसदहरूको भाग्यको परीक्षा भोलि सोमबार


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

राष्ट्रिय सभाका सांसदहरूको समयावधीका लागि सोमबार गोलाप्रथाबाट टुंगो लगाउने कार्यक्रम सार्वजनिक भएको छ ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आइतबार संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी गोला छान्ने कार्यक्रमको तालिका सार्वजनिक गरेका हुन् ।

संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभाका ५९ जना सांसदको समय तोकिनेछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभाका सांसदहरूको समय अब २, ४ र ६ वर्षको हुनेछ ।

त्यसका लागि राष्ट्रिय सभाका सांसदहरूले गोला तान्नु पर्नेछ । गोला तान्नका लागि सोमबार साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा कार्यक्रम तय गरिएको छ ।

महिला, दलित, अल्पसंख्यक, अपाङ्ग, राष्ट्रपतिबाट मनोनीत र अन्य सांसद सबैलाई अलग–अलग गोला तान्ने व्यवस्था गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा.युवराज खतिवडासहितका सांसदहरूको अवधि २, ४ वा ६ कति वर्ष हुने सोमबार टुंगो लाग्नेछ ।

थापा र खतिवडाले दुई वर्षको गोला तोनमा उनीहरू सोही अवधीसम्म मात्रै मन्त्री बन्न पाउनेछन् । कार्यक्रम सार्वजनिक भएसँगै सांसदहरूको ढुकढुकी बढेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com