Follow @khasokhasmag

प्रशासकीय अदालतसम्बन्धी विधेयक पेश


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले ‘प्रशासकीय अदालतका सम्बन्धमा बनेको विधेयक, २०७५’ पेश गर्नुभएको छ ।

विधेयक प्रस्तुत गर्दै उहाँले कर्मचारीका सरुवा, बढुवा र अवकाशका विषयमा प्रशासकीय अदालतले नै छिनोफानो गर्न सक्ने बनाउन विधेयक ल्याइएको हो भन्नुभयो ।

यसअघि राष्ट्रियसभाको विशेष समयमा नरपति लोहार, जीतेन्द्रनारायण देव, विमला राई, कमल ओली, हरिचरण शिवाकोटी र चक्रप्रसाद स्नेहीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक सोमबार अपराह्न २ बजे बस्नेछ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com