पाउल पोग्बाको गोलमा फ्रान्सले लियो अग्रता


प्रकाशित मिति : असार २, २०७५ शनिबार

पाउल पोग्बाले फ्रान्सलाई अग्रता दिलाएका छन्। ८१औं मिनेटमा उनले गोलकिपर रायनको माथिबाट गोल गरेका हुन।

यसअघि एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएको तीन मिनेट नवित्दै अस्ट्रेलियाले बराबरी गोल फर्काएको थियो।

अस्ट्रेलियका लागि पनि मिली जिदनाकले पेनाल्टी मार्फत गोल गरेका हुन्। पहिलो हाफ बराबरीमा रोकिएपछि दोस्रो हाफको ५८औं मिनेटमा ग्रिजम्यानले पेनाल्टी मार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए।

जोस रिस्दानले ग्रिजम्यानलाई फउल गरेपछि भिडियो एसिटेन्ट रेफ्रिको सहयतामा रेफ्रिले फ्रान्सलाई पेनाल्टी दिएका थिए । १२ यार्डबाट प्रहार गरेको पेनाल्टीमा ग्रिजम्यान चुकेनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसको तीन मिनेटपछि जिदनाकले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । सामुयल उमितीले बल हातले छुएपछि अस्ट्रेलियाले पेनाल्टी पाएको थियो । आरोन मोएको फ्रिकिक बललाई डी बक्सभित्र उमिटीले हातले छोएका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com