विराटनगर र जनकपुरबाट दुईतर्फी एयर रुट दिने सहमति


प्रकाशित मिति : असार २, २०७५ शनिबार

विरानगर र जनकपुरबाट पनि भारतले नेपाललाई दुईतर्फी एयर रुट दिने भएको छ । शनिबार (आज) सहमतिपत्रमा नेपाल र भारतबीच हस्ताक्षर भएको छ । दुईपक्षले नेपाललाई नयाँ हवाई रुटहरु दिनेबारे गत बिहीबार र शुक्रवार वर्ता भएको थियो ।

एयरपोर्ट अथोरिटी अफ इन्डिया र नागरिक उड्ययन प्राधिकरणबीच नयाँ हवाई रुटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । अन्तराष्ट्रिय उडानका लागि काठमाडौं(जनकपुर र काठामडौं(विराटनगर हवाई रुटलाई दुईतर्फी बनाइने भएकोछ ।

यसो गर्नाले नेपाल भित्रने विमानहरुलाई सिमाराबाटै आउनुपर्ने बाध्यता हट्ने भएकोछ । प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठका अनुसार अब यसका लागि दुबै पक्षले सुरक्षा मूल्यांकन गरेर नयाँ हवाई रुटको प्रयोग थालिने भएको छ ।

त्यस्तै निजगढ, पोखरा र गौतमबुद्ध विमानस्थलबाट बाट बढी उचाईमा उड्ने विमानका लागि पश्चिममा महेन्द्रनगर र नेपालगञ्जबाट प्रवेशमार्ग दिने सम्बन्धमा आउँदो सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्यांकन सम्पन्न गर्ने सहमति भएको पनि प्रवक्ता विरेन्द्र श्रेष्ठले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com