उपाधिको दाबेदार फ्रान्स र अस्ट्रेलिया भिड्दै


प्रकाशित मिति : असार २, २०७५ शनिबार

फीफा विश्व कपमा आज बेलुका ५ः४५ बजे ग्रुप ‘सी’ पूर्व विजेत तथा उपाधिको दाबेदार मानिएको फ्रन्स र अस्ट्रेलिया बिचको खेल हुँदै छ । अस्ट्रेलियाको यो छैटौँ विश्व कप हो । अस्ट्रेलिया यो खेलमा जसरी पनि जितको शुरुवात गर्न चहान्छ ।

तर यो खेल जित्न अस्ट्रेलियालाई त्यती सजिलो छैन किनकी दिदिर डेसचेम्पसको फ्रन्स उपाधिको प्रबल दाबेदार हो । फ्रन्स अस्ट्रेलिया भन्दा धेरै राम्रो टीम मानिन्छ ।

अस्ट्रेलियाले विश्व कप क्वालिफाई हुने बित्तिकै कोच एग्ने पोस्टेकोग्लुले टीम कोचको पदबाट राजिनामा दिए । त्यस पछि मारविकलाई टीमको नयाँ कोच चयन गरेको छ ।

नयाँको कोच आफ्नो टीमको यात्रा हारबाट नहोस् भन्ने चाहन्छन् । त्यसैले उनी टीमलाई रक्षात्मक रणनीतिको साथमा मैदानमा उतार्न सक्छन् । यस्तो हुने हो भने गोलकिपर मैट रेयानको महत्वपूर्ण जिम्मेवारी हुन्छ । उनले हँगेरी विरुद्ध उतारेको डिफेन्सलाईन उत्रान सक्छन् ।

मिडफिल्डमा जैक्सन इरवाइनलाई मौका दिन सक्छन् भने फरवार्डमा टोमिक ज्यूरिख हुन जहिले पनि टीम उनीमा नै निर्भर रहने गर्छ ।

अहिले फ्रन्सको कुरा गर्ने हो भने उसको आक्रमक लाईन धेरै राम्रो देखिन्छ । जस्तो सुकै डिफेन्स लाईनलाई तहसनहस गर्न सक्छ । आक्रमणको जिम्मा एटोनी ग्रीजमैन हुन सक्छ भने उलाई साथ दिन कयलियान मबप्पे र स्पेनिश क्लब बार्सिलोनाको लागि खेल्ने युवा ओयुसमाने डेमबेले हुन ।
मिडफिल्डका पॉल पोग्बा र एनगोलो कान्तेको जोड़ी देख्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com