सरकारको प्रभावकारीताका लागि नयाँ ऐन आवश्यकः मुख्यमन्त्री पौडेल


प्रकाशित मिति : असार २, २०७५ शनिबार

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका नागरिकको लागि व्यक्तिगत स्वतन्त्रता, सुरक्षाको अनुभूति गर्न नयाँ ऐन कानून तर्जुमा गरिने बताएका छन्।

मुख्यमन्त्री पौडेलले प्रदेशसभाअन्तर्गतको प्रदेश मामिला समिति र नेपाल कानून समाजद्वारा आयोजित संसदीय अभ्यास र कानून निर्माण प्रक्रियामा सांसदको भूमिका विषयमा शनिबार हेटौडामा आयोजित दुई दिने अनुशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै सो कुरा बताएका हुन्।

उनले प्रदेशको १३ जिल्लालाई समृद्ध बनाई सर्वसाधारण नागरिकलाई सुुशासनको माध्यमबाट दिगो शान्ति, सुरक्षाको साथै न्यायको अनुभूति गर्न र आर्थिक समृद्धितर्फ आत्मनिर्भर तुल्याउन सरकारले अहिले नीति कार्यक्रम र बजेट ल्याएको उल्लेख गरे।

सोे अवसरमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकार र प्रदेशसभाको बीच सरकारले सहकार्य गरेर प्रदेशसभामा आवश्यक कानूनको मस्यौदा तयार पार्न कानूनी प्रशिक्षण आवश्यक रहेको चर्चा गर्दै प्रदेश सरकारले जनतालाई सुशासन, भ्रष्टाचार उन्मूलन गर्ने क्रियाकलापलाई प्रोत्साहन गरी प्रदेशस्तरमा ऊर्जा, पर्यटन र कृषि उत्पादनलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

सो कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले प्रदेशस्तरमा प्रहरी ऐन, अनुसन्धान ब्यूरो र प्रादेशिक लोकसभा आयोगको स्थापना गर्न राष्ट्रिय सरोकार र सरकारको काम कारबाही र कार्य क्षेत्रलाई प्रभावकारी बनाउन सरकारले अहिले ९९ वटा विधेयकको मस्यौदा तयार गरी आगामी आव ०७५÷०७६ भित्र सो कानून निर्माण गरी सकिने बताए।

उक्त कार्यक्रममा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, ३ नं प्रदेशका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपाने, प्रदेशसभाका उपसभामुख राधिका तामाङ र नेकपा ९नेकपा० संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयालले मुलुकमा राजनीतिक परिवर्ततसँगै संघीयताको अभ्यासको पहिलो चरणमा कानूनी प्रक्रियाको ज्ञान, संसद्, संसदीय अभ्याससम्बन्धी सैद्धान्तिक पक्षमा र बैठक सञ्चालन विधिबारे प्रदेशसभाका सदस्यले जानकारी लिन आवश्यक रहेको धारणा राखे। रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com