स्वास्थ्य क्षेत्र सुधारका लागि उच्चस्तरिय समिति


प्रकाशित मिति : कार्तिक १९, २०७३ शुक्रबार

काठमाडौं । स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनः संरचना समन्वय समिति गठन गरेको छ ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाको अध्यक्षतामा गठन भएको १३ सदस्यीय समितिमा स्वास्थ्य, संघियता, पुर्नसंरचना, कानुन लगायतका विभिन्न विषयका विज्ञहरु सदस्य रहेका छन् ।

समितिको सदस्यहरुमा पुर्व स्वास्थ्य सचिव डा प्रविण मिश्र, मुटुरोग विषेशज्ञ डा भगवन कोईराला, स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशकद्धय डा लक्ष्मीराज पाठक र डा यशोवद्र्धन प्रधान, जनस्वास्थ्य विज्ञ डा रिता थापा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठनका पुर्व उपकुलपति डा अर्जुन कार्की, बरिष्ठ सर्जन डा सरोज धिताल, आयुर्वेद विज्ञ डा चन्द्रराज सापकोटा, कर विज्ञ डा. रुप खड्का, कानुनविद् डा रमेश बडाल र पुर्नसंरचना विज्ञ त्रिलोचन पोखरेल रहेका छन् ।

समितिको सदस्य सचिवको जिम्मेबारी मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख विषेशज्ञलाई दिइएको छ । प्रमुख विषेशज्ञका रुपमा हाल डा पदम बहादुर चन्द रहेका छन् ।

समितिलाई स्वास्थ्य मन्त्रालय र अन्तर्गतका लागि उपयुक्त संरचनाको खाका तयार पार्ने, स्वास्थ्य नीति, योजनालाइ संघीय संरचना अनुरुपको बनाउन सुझाव, सल्लाह, सहयोग र समन्वय गर्ने कार्यक्षेत्र तोकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी विद्यमान स्वास्थ्य क्षेत्रका कानुनहरुलाइ समयानुकुल बनाउनका लागि सुझाव तथा मार्ग निर्देशन गर्ने जिम्मेबारी पनि समितिले पाएको छ । साथै समितिले स्वास्थ्य सेवा सुदृढीकरणका लागि आवश्यक देखिएका विषयबस्तुमा रुपान्तरण तथा परिवर्तनका लागि मार्ग निर्देश गर्ने भएको छ ।

मुलुकको समग्र पुर्नसंरचनाको प्रक्रिया चलिरहेका बेला स्वास्थ्य क्षेत्रको नीतिगत, संरचनागत र सेवा प्रवाहको प्रणालीमा सुधार गर्न समिति गठन गरिएको स्वास्थ्य मन्त्री थापाले बताए ।  उनले खाका बनाउदा संघियतालाई मुख्य आधार बनाईने बताए ।

“मैले स्वास्थ्य मन्त्रीका रुपमा पद बहाली गरेदेखि नै स्वास्थ्य क्षेत्रको समग्र पुर्नसंरचनालाई प्रथमिकतामा राखेको छु, नेपालको भोलीको स्वास्थ्य क्षेत्र कस्तो हुन्छ भन्ने कुरा त्यो खाकामा आउछ,” उनले भने ।  समितिले दुई महिना भित्रमा प्रतिवेदन तयार पर्ने कार्यतालिका बनाएको मन्त्री थापाले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com